2 years ago
October 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल टियु क्रिकेट मैदानमा खेल्न ओमानलाई हराउनुपर्ने भएको छ । समूह ए बाट ओमान र नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् ।

आइसिसीको नियम अनुसार सेमिफाइनल समूह ए को विजेताले टियु र समूह बी को विजेताले मुलपानीमा खेल्नुपर्ने हुन्छ । त्यसैको कारण समूह ए को विजेता बन्न नेपालले अन्तिम खेलमा बिहीबार ओमानलाई हराउनु पर्ने हुन्छ ।
ओमान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमाछ । नेपाल २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट १.३२२ र ओमानको १.३५० छ । यदि नेपाल पराजित भए वा वर्षाको कारण रद्ध भएमा भने मुलपानीमा गएर सेमिफाइनल खेल्नुपर्ने हुन्छ ।
समूह बी मा भने चारै टोलीको सेमिफाइनल सम्भावना कायमै छ । युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । बहराइन २ खेलमा २ मा जितका साथ दोस्रो स्थानमा छ । हङकङ २ खेलमा २ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ ।

मंगलबार बहराइनले हङकङलाई २० रनले हराएपछि समूह बी मा सबै टोलीको सेमिफाइनल समिकरण कायमै रहेको हो । कुवेत २ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।
बिहीबार बिहान युएई र हङकङ तथा कुवेत र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलको नतिजापछि समूह बी को सेमिफाइनल र समूह विजेता निर्धारण गर्नेछ ।
शुक्रबार दुबै सेमिफाइनल बिहान-११ बजे सुरु हुनेछन् । टियु क्रिकेट मैदानमा समूह ए को विजेता र समूह बी को उपविजेताबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।
उता मुलपानीमा समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुनेछ । समूह ए का सबै खेल टियु र समूह बी को सबै मुलपानीमा हुनेछन् । त्यसैले समूह विजेताले आफू खेलेको मैदानमा सेमिफाइनल खेल्ने अवसर पाउनेछन् ।
फाइनल भने आइतबार दिउँसो ११ बजे टियु मैदानमा हुनेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]