default_image

2 years ago

October 31, 2023

जमानको उत्कृष्ट पूनरागमनमा पाकिस्तानको विश्वकपमा जित

3974 views

0 Bookmark

एजेन्सी – ओपनर फखार जमानको उत्कृष्ट पूनरागमनमा पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा बंगलादेशमाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै पाकिस्तानले १० अंकका साथ शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । सुरुवाती दुई खेल जितेको पाकिस्तानले त्यसपछि लगातार चार खेल हारेको थियो ।

जितको लागि २ सय ५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा फखार जमानले ७४ बलमा ३ चौका र ७ छक्कासहित ८१ रनको योगदान दिए ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँगको खेलपछि पाकिस्तानले उनलाई बेन्चमा राखेको थियो । पछिल्लो समय लगातार मौका पाउँदा पनि राम्रो गर्न नसकेपछि उनी बेन्चमा बस्नु परेको थियो । तर अर्का ओपनर इमाम उल हकले पनि राम्रो खेल्न नसकेपछि जमानले खेल्ने मौका पाएका थिए । पुन मौका पाएको खेलमा उनले लय समाएका छन् ।

अर्का ओपनर अब्दुल्लाह शफिक ६९ बलमा ९ चौका र २ छक्कासहित ६८ रनमा आउट भए । बाबर आजम भने १६ बलमा १ चौकासहित ९ रनमा क्याच आउट भए । मोहम्मद रिजवान २१ बलमा ४ चौकासहित २६ र इफ्तिखार अहमद १५ बलमा २ चौकासहित १७ रनमा नट आउट रहे । बंगलादेशका स्पिनर मेहेदी हसन मिराजले ९ ओभरमा ६० रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि इर्डेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ४५.१ ओभरमा २ सय ४ रनमा अल आउट भयो । बंगलादेशका महमुदूल्लाह रियाद ७० बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनमा आउट भए ।

कप्तान सकिब अल हसन ६४ बलमा ४ चौकासहित ४३, मेहेदी हसन मिराज २५ र मुश्फिकुर रहिम ५ रनमा आउट भए । ओपनर लिटन दास भने ६४ बलमा ६ चौकासहित ४५ रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ९ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । मोहम्मद वासिम जुनियरले ८.१ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले ८ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । इफ्तिखार अहमद र उस्मा मिरले एक एक विकेट लिए ।

पाकिस्तान ७ खेलमा ३ मा जित र ४ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तानले अव ४ नोभेम्बरमा न्युजिल्यान्ड र ११ नोभेम्बरमा इंग्ल्यान्डसँग खेल्ने छ । यी दुबै खेलमा विजयी भएमा पाकिस्तानको १० अंक हुनेछ ।

१० अंकका साथ सेमिफाइनल खेल्न न्युजिल्यान्ड र अष्ट्रेलियाको नतिजा आफु अनुकुल आउनुपर्छ । यी देशले कम्तिमा दुई नभए तीनै खेल हार्दा पाकिस्तान सेमिफाइनल खेल्ने सम्भावना बलियो हुनेछ ।

भारत ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ६ खेलमा १ मा हार र ५ मा जितसहित १० अंकका साथ दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।

६ खेलमा समान नजिताको साथ ८ अंक भएपनि अष्ट्रेलिया चौथो स्थानमा छ । अफगानिस्तान ६ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ । साविक विजेता इंग्ल्यान्ड ६ खेलमा २ अंकका साथ पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.