default_image

2 years ago

November 1, 2023

डि कको विश्वकपमा चौथो शतक

3458 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डविरुद्ध शतक हानेका छन् । डिककले १ सय ३ बलमा शतक पूरा गरेका हुन् । जारी विश्वकपमा उनको यो चौथो शतक हो ।

उनले यसअघि यस विश्वकपमा श्रीलंकाविरुद्ध १ सय, अष्ट्रेलियाविरुद्ध १ सय ९ र बंगलादेशविरुद्ध १ सय ७४ रनको सानदार शतकीय इनिङ खेलेका थिए । एकै विश्वकपमा सर्वाधिक शतक भारतका रोहित शर्माको नाममा छ । रोहित शर्माले २०१९ को विश्वकपमा पाँच शतक हानेका थिए ।

श्रीलंकाका कुमार संगाकाराले २०१५ को विश्वकपमा चार शतक हानेका थिए । अन्य कुनैपनि ब्याटरले एकै विश्वकपमा चार शतक हानेका छैनन् । डि कक एकै विश्वकपमा चार शतक हान्ने विश्वका तेस्रो र दक्षिण अफ्रिकाका पहिलो खेलाडी हुन् ।

पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ३७ ओभरमा १ विकेट गुमाउँदै २ सय १४ रन बनाएको छ । डि कक १ सय ५ बलमा ८ चौका र ३ छक्कासहित १ सय २ रनमा क्रिजमा छन् ।

रास्सी भान डर डुसेन ८९ बलमाा ६ चौका र २ छक्कासहित ८१ रनमा क्रिजमा छन् । दोस्रो विकेटका लागि १ सय ७२ बलमा १ सय ७७ रनको साझेदारी गरि सकेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.