2 years ago
November 1, 2023
एजेन्सी – ओपनर क्विन्टन डि कक र शीर्षक्रमका ब्याटर रास्सी भान डर डुसेनको सानदार शतकमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डलाई ३ सय ५८ रनको विशाल लक्ष्य दिएको छ । पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ५७ रन बनायो ।

दक्षिण अफ्रिकाका रास्सी भान डर डुसेनले १ सय १८ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रन बनाए । अर्का ओपनर क्विन्टन डि ककले १ सय १६ बलमा १० चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेले ।
जारी विश्वकपमा डि ककको चौथो र डुसेनको दोस्रो शतक हो । डि ककले यसअघि यस विश्वकपमा श्रीलंकाविरुद्ध १ सय, अष्ट्रेलियाविरुद्ध १ सय ९ र बंगलादेशविरुद्ध १ सय ७४ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
एकै विश्वकपमा भारतका रोहित शर्माले २०१९ मा पाँच र श्रीलंकाका कुमार संगाकाराले २०१५ को विश्वकपमा चार शतक हानेका थिए ।
दोस्रो विकेटका लागि डि कक र डुसेनले २ सय रनको दोहोरो शतकीय साझेदाारी गरेका थिए । डि कक टिम साउथीको बलमा कट खेल्नु धुनमा प्वाइन्टमा ग्लेन फिलिप्सबाट क्याच आउट भए । साउथीकै स्वलो बलमा डुसेन बोल्ड आउट भएका थिए ।
ओपनर टेम्बा बभुमा भने २८ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा आउट भएका थिए । फिनिसर डेविड मिलरले ३० बलमा २ चौका र ४ छक्कासहित ५३ रन गराउँदै राम्रो अन्त्य गरे ।
हेनरिक क्लासेन १५ र एडेन माक्ररम ६ रनमा अविजित रहे । न्युजिल्यान्डका टिम साउथीले १० ओभरमा ७७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर १ विकेट लिए । जेम्श निसमले एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]