2 years ago
November 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा मुलपानी मैदानमा क्यानले मात्रै ३५ सय टिकट बिक्री गर्ने भएको छ । नेपालले शुक्रबार सेमिफाइनल खेलमा मुलपानी मैदानमा युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे सुरु हुनेछ । क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै मात्रै ३५ सय टिकट बिक्री गर्ने जनाएको छ ।

क्यानले सबै किसिमका पासलाई रोक गरेको छ । भिभिआईपी, भिआइपी लगायत सबै पास रोकिएको क्यानले जनाएको छ । क्यानले दर्शकको भिड बढी हुने हुँदा दर्शकको सिट क्षमता मात्रै ब्रिकी गर्ने भएको छ ।
भिड बढी हुने हुँदा मुलपानीमा सुरक्षामा चुनौती हुनसक्ने अनुमान गरेको छ । क्यानले सकभर नेपाल र युएईबीचको सेमिफाइनल खेल घरमै बसेर हेर्न समेत आग्रह गरेको छ ।
सेमिफाइनलमा टिकट मूल्य १ सय रुपैयाँ बढेको छ । यसअघि समूह चरणमा टिकट मूल्य २ सय रुपैयाँ रहँदै आएको थियो । सेमिफाइनलमा टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ ।
टियुमा समूह ए को विजेता ओमान र समूह बी को उपविजेताबीच शुक्रबार सेमिफाइनल खेल हुनेछ । समूह बी बाट को उपविजेता बन्ने कुवेत र बहराइनबीचको नतिजापछि मात्रै थाहा हुनेछ ।
दुबै सेमिफाइनल बिहान–११ बजे सुरु हुनेछन् । फाइनलमा पुग्ने दुबै टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । फाइनल भने आइतबार टियु क्रिकेट मैदानमा हुनेछ । नेपाल युएईलाई हराउँदै १० वर्षपछि विश्वकप खेल्न चाहन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]