1 month ago
November 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई ६० रनले हराएको छ । जितको लागि १ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर १७.५ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । सिंगापुरका अरित्र दत्तले ३१ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५३ रनमा आउट भए । रोहन […]
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई ६० रनले हराएको छ । जितको लागि १ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर १७.५ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । सिंगापुरका अरित्र दत्तले ३१ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५३ रनमा आउट भए ।
रोहन रंगराजन ३१ बलमा १ चौका र २ छक्कासहित ३६ र अनिश पराम ३१ रनमा आउट भए । पहिलो विकेटका लागि अरित्र र रंगराजनले ८.५ ओभरमा ८१ रनको साझेदारी गरेका थिए । तर त्यसपछि कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
मलेसियाका मोहम्मद आमिरले ३ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए । पवनदीप सिंहले २, विरनदीप सिंह र रिजवान हैदरले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । मलेसियाको जितमा कप्तान अहमद फैजले ४१ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ७१ रन बनाए । ओपनर सैद अजिज ८ बलमा १ चौकासहित ८ रनमा क्याच आउट भएका थिए ।
दोस्रो विकेटका लागि शार्विन मुनिआन्दी र जुबैदी जुलकिफीले ६८ रनको साझेदारी गरेका थिए । जुबैदी १९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा थिलाप्पनको बलमा बोल्ड आउट भए ।
तेस्रो विकेटका लागि मुनिआन्दी र फैजले ९२ रनको साझेदारी गरेका थिए । मुनिआन्दी ४८ बलमा ८ चौकासहित ६० रनमा नटआउट रहे । विरनदीप सिंह ५ बलमा १ छक्कासहित ८ रनमा क्याच आउट भए ।
सिंगापुरका रमेश कलिमुथुले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । जनक प्रकाश र थिलिप थिलाप्पनले एक एक विकेट लिए । समूह ए बाट दुबै टोली सेमिफाइनल दौडबाट बाहिरिएका थिए । समूह ए बाट ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।
December 3, 2023
एजेन्सी – घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित हात पारेकोछ । भारतले सिरिज ४-१ ले जितेकोछ । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । अष्ट्रेलियाका बेन म्याकडेर्मोटले ३६ बलमा ५ छक्कासहित सर्वाधिक […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) लाई ८४ रनले हराउँदै लिटल फ्वारले फराकिलो जित हात पारेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लिटल फ्लावरले निर्धारित २० ओभरको खेलमा १ सय […]
December 3, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर श्रेयस ऐरको अर्धशतकमा भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ६१ रनको मध्यम लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनायो । भारतका मध्यक्रमका ब्याटर श्रेयस ऐरले ३७ बलमा ५ चौका र २ […]