2 years ago
November 2, 2023
एजेन्सी – भारतले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ । वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनायो ।

भारतका ओपनर शुभमन गिलले ९२ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनको योगदान दिए । विराट कोहलीले ९४ बलमा ११ चौकासहित ८८ रन बनाए । श्रेयस ऐरले ५६ बलमा ३ चौका र ६ छक्कासहित ८२ रनको आक्रमक इनिङ खेलेका थिए । तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए ।
गिल दिलशान मदुशानकाको बलमा एज लागेर कुशल मेन्डिसबाट क्याच आउट भए । दिलशानले इनिङको दोस्रो बलमै रोहित शर्मालाई चार रनमा बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि विराट कोहली र गिलले १ सय ८९ रनको सानदार शतकीय साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए ।
कोहली पनि दिलशानकै बलमा मिडअफमा क्याच आउट भए । श्रेयस ऐर पनि दिलशानकै बलमा महेश थिक्सेनाको बलमा क्याच आउट हुन पुगेका थिए । दिलशान मदुशानकाले १० ओभरमा ८० रन खर्चेर ५ विकेट लिए । दुश्मान्था चामिराको नाममा एक विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]