2 years ago
November 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १० वर्षपछि टि२० विश्वकपमा पुगेको छ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै टि२० विश्वकपमा पुगेको हो । नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो ।

नेपालले २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकपमा डेब्यू गरेको थियो । त्यो विश्वकपमा नेपालले हङकङलाई र अफगानिस्तानलाई हराएको थियो । नेपाल बंगलादेशसँग पराजित हुँदै सुपर १० मा पुगेको थिएन । नेपाल २०१६ को टि२० विश्वकपको लागि २०१५ को ग्लोबल छनोटबाट नै बाहिरिएको थियो ।
त्यसपछि आइसिसीले टि२० विश्वकप चार वर्षमा गर्ने जनाएको थियो । २०१९ को एसिया क्षेत्र छनोटबाटै नेपाल बाहिरिएको थियो । त्यसैले नेपालले २०२१ मा युएई र ओमानमा भएको विश्वकप खेल्न पाएको थिएन ।
२०२२ मा अष्ट्रेलियामा भएको टि२० विश्वकपको लागि नेपाल ग्लोबल छनोट ए बाट बाहिरएको थियो । त्यो समय नेपाल युएईसँग सेमिफाइनलमा युएईसँग ६८ रनले हराउँदै विश्वकप खेल्न पाएको थिएन ।
उता अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ । अव उपाधिको लागि आइतबार ओमान र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]