default_image

2 years ago

November 3, 2023

नेदरल्यान्ड्समाथि अफगानिस्तानको सहज जित

972 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्समाथि ७ विकेटको सहज जित हात पारेको छ । यस जितसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना कायमै छ ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ३१.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानका हश्मातुल्लाह शाहिदी ६४ बलमा ६ चौकासहित ५६ रनमा अविजित रहे । आजमतुल्लाह ओमरजाई २८ बलमा ३ चौकासहित ३१ रनमा नट आउट रहे ।

ओपनर रहमानउल्लाह गुरबाज १० र इब्राहिम जद्रान २० रनमा आउट भएका थिए । रहमात शाह ५४ बलमा ८ चौकासहित ५२ रनमा आउट भए । नेदरल्यान्ड्सका लोगन भान बिक, पाउल भान मिकेरेन र सकिब जुल्फिकरले समान एक विकेट लिए ।

त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्स ४६.३ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो । नेदरल्यान्ड्सका स्याब्रान्ड एंगेलब्रेक्टले ८६ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए । म्याक्स ओडाउड ४० बलमा ९ चौकासहित ४२ रनमा रन आउट भए ।

कोलिन एकरम्यान ३५ बलमा ४ चौकासहित २९ रनमा आउट भए । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्स, एकरम्यान, म्याक्स ओडाउड र एंगेलब्रेक्ट रन आउट भएका थिए । शीर्ष पाँच मध्य चार ब्याटर रन आउट भएपछि नेदरल्यान्ड्सले विशाल योगफल बनाउने अवसर गुमाएको थियो । एक समय नेदरल्यान्ड्स १८ ओभरमा ९२–२ को बलियो अवस्थामा रहेपनि रन आउट घातक बनेको थियो ।

अफगानिस्तानका मोहम्मद नाबीले ९.३ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । नुर अहमदले ९ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । मुजिब उर रहमानले एक विकेट लिए । अफगानिस्तानले अव ७ नोभेम्बरमा अष्ट्रेलिया र १० नोभेम्बरमा दक्षिण अफ्रिकासँग खेल्नेछ । नेदरल्यान्ड्सले ८ नोभेम्बरमा इंग्ल्यान्ड र १२ नोभेम्बरमा भारतसँग खेल्नेछ ।

नेदरल्यान्ड्स ७ खेलमा २ मा जित ५ मा हारसहित ४ अंकका साथ आठौं स्थानमा छ । अफगानिस्तान ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ पाँचौं स्थानमा छ । भारत ७ खेलमा १४ अंकका साथ सेमिफाइनलमा पुगि सकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.