2 years ago
November 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनायो । नेपालले १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाएको हो ।

समूह चरणमा ओमानसँग पाँच रनको हारले धेरैले नेपालको विश्वकप यात्रा कठिन हुनसक्ने अनुमान गरेको थियो । तर मुलपानी मैदानमा नेपालले सानदार प्रदर्शनका साथ सहज रुपमा विश्वकपमा स्थान बनायो ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । उक्त विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्या । नेपालको जितका पाँच टर्निङ प्वाइन्ट यस प्रकार छन् ।
५. खालिदको रन आउट

युएईले खेलमा राम्रो सुरुवात गरेको थियो । त्यो समय नेपाललाई खेलमा फर्किन एउटा विकेट चाहिँएको थियो । सुरुवाती तीन ओभरमै २९ रन जोेड्दै युएईले नेपाललाई केहि दबाबमा राखेको थियो । तर सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा खालिद शाह ३ रनमा रन आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।
नन स्ट्राइकबाट खालिद स्ट्राइकमा जानेक्रममा रन आउट भएका थिए । त्यसपछि नेपाल खेलमा फर्किदै निरन्तर दबाबमा राखेको थियो । त्यहिँ रन आउटको दबाबको कारण वासिम त्यसै ओभरमा आउट भएका थिए । खालिदको रन आउटले नेपालको मोमेन्ट्स फर्किएको थियो । त्यसैले नेपालको जितमा त्यो एउटा टर्निङ प्वाइन्ट थियो ।
४. आसिफको जिम्मेवारी प्रदर्शन

नेपालले ओमानविरुद्ध १ सय ४६ रन पूरा गर्न सकेको थिएन । त्यसमा खेलाडीको जिम्मेवारीको कमी थियो । तर युएईविरुद्ध नेपाली खेलाडीले जिम्मेवारी देखाएका थिए । स्कोर बोर्डमा ठूलो रन नहुँदा कुनै दबाब थिएन ।
ओपनर आसिफ शेखले ५१ बलमा ६४ रन बनाउँदै सहज जित दिलाए । सुरुवात देखीनै उनले विकेट नदिदै युएईलाई दबाबमा राखेका थिए ।
३. कुशल र सन्दीपको राम्रो अन्त्य

एक समय युएई १७ ओभरमा ११८-५ को अवस्थामा थियो । क्रिजमा वृत्य ५४ र बासिल हामिद १ रनमा थिए । यी दुई चलेको खण्डमा बाँकी १८ बलमा युएईले राम्रो अन्त्य गर्न सक्थ्यो ।
डेथ ओभरमा तीव्र गतिका बलरले लगातार खराब प्रदर्शन गदै आएका थिए । नेपालका सन्दीप लामिछानेले १८ औं ओभरमा उच्च लयमा रहेका बासिलको विकेट लिँदै विकेट मेडन राखेका थिए । अन्तिम ओभरमा कुल मल्लले तीन विकेट लिँदा पाँच रन दिएका थिए । यी दुई ओभर राम्रो हुन नसकेको भए नतिजा अर्कै हुनपनि सक्थ्यो ।
नेपालले करण केसीलाई अन्तिम ओभरमा बलिङ नदिने निर्णय लियो । अन्तिम ओभरमा करणको राम्रो इतिहास पनि खासै छैन । करणलाई नदिएर कुशल मल्ललाई दिने निर्णय पनि जितको एक टर्निङ प्वाइन्ट थियो ।
२. स्पिनरको उत्कृष्ट प्रदर्शन

युएईका ब्याटरले स्पिनर सामु संघर्ष गर्दै आएका छन् । नेपाली स्पिनरले त्यसको भरपूर्ण फाइदा उठानए । नेपालका तीन स्पिनरले ८ ओभरमा ३१ रन खर्चेर ६ विकेट लिएका थिए । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए ।
कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । रोहितले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिएका थिए । स्पिनरको उच्च प्रदर्शनको सहयोगमा नै नेपालको सहज जित सम्भव भएको थियो । उता तीव्र गतिका बलर करण केसीले ३ ओभरमा २६, सोमपाल कामीले ३ ओभरमा १५, गुलशन झाले ३ ओभरमा २४ र अभिनाश बोहराले ३ ओभरमा ३६ रन खर्चेका थिए । सोमपालले मात्रै एक विकेट लिएका थिए ।
१. वासिमको विकेट

नेपालको हार वा जित युएईका मोहम्मद वासिमको विकेटमा निर्भर थियो । वासिमले सुरुवाती तीन ओभरमा १६ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाउँदै नेपाललाई दबाबमा राखेका थिए ।
तर सोमपाल कामीको चौथो ओभरको चौथो बलमा ठूलो सर्टको धुनमा वासिम डिप मिडविकेटमा करण केसीबाट क्याच आउट भए । त्यसपछि नेपाल खेलमा हाबी बनेको थियो । त्यो विकेट नै नेपालको जितमा टर्निङ प्वाइन्ट थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]