default_image

2 years ago

November 4, 2023

जमानको विष्फोटक शतक

4992 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका ओपनर फखर जमानले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डविरुद्ध विष्फोटक शतक बनेका छन् । विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा जमानले बलमा शतक हानेका हुन् ।

उनले ६३ बलमा आफ्नो ओडिआई करिअरको ११ औं र विश्वकपको पहिलो शतक हानेका हुन् । उनी पाकिस्तानबाट सर्वाधिक छिटो विश्वकपमा शतक हान्ने खेलाडी समेत बनेका छन् ।

जितका लागि ४ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २१ ओभरमा १ विकेट गुमाउँदै १ सय ६० रन बनाएको छ । फखर जमान ६७ बलमा ७ चौका र ९ छक्कासहित १ सय ६ रनमा अविजित रहे ।

बाबर आजम ५० बलमा ४ चौका र १ छक्कासहित ४६ रनमा क्रिजमा छन् । दोस्रो विकेटका लागि बाबर र जमानले १ सय ५३ रनको साझेदारी गरि सकेका छन् ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १ रन बनाएको थियो । यो न्युजिल्यान्डको ओडिआई इतिहासको दोस्रो ठूलो योगफल हो । न्युजिल्यान्डले २००८ मा आयरल्यान्डविरुद्ध ४ सय २ रन बनाएको थियो । त्यो नै हालसम्मको उच्च योगफल हो ।

न्युजिल्यान्डका ओपनर रचिन रविन्द्रले ९४ बलमा १५ चौका र १ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेले । जारी विश्वकपमा उनको यो तेस्रो शतक हो । यसअघि रविन्द्रले इंग्ल्यान्डविरुद्ध १ सय २३ र अष्ट्रेलियाविरुद्ध १ सय १६ रन बनाएका थिए ।

कप्तान केन विलियम्सन ७९ बलमा १० चौका र २ छक्कासहित ९५ रनमा आउट भए । चोटपछि फर्किएका उनी शतक बनाउन पाँच रनले चुकेका थिए । स्पिनर इफ्तिखर अहमदको बलमा विलियम्सन फखार जमानबाट क्याच आउट भएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.