2 years ago
November 4, 2023
एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा इंग्ल्यान्डलाई २ सय ८७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय ८६ रनमा अल आउट भयो ।

अष्ट्रेलियाका मार्नस लाबुसेनले ८३ बलमा ७ चौकासहित सर्वाधिक ७१ रन बनाए । स्टिभ स्मिथ ५२ बलमा ३ चौकासहित ४४, ट्रविस हेड ११, डेविड वार्नर १५ र जोश इंग्लिस ३ रनमा आउट भए ।
क्यामरन ग्रीन ५२ बलमा ५ चौकासहित ४७ रनमा आउट भए । मार्कस स्टोइनिसले ३२ बलमा ३ चौका र २ छक्कासहित ३५ रन बनाए । एडम जाम्पाले १९ बलमा ४ चौकासहित २९ रन जोडे ।
इंग्ल्यान्डका क्रिस वोक्सले ९.३ ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । मार्क वुडले १० आोभरमा ७० रन खर्चेर २ विकेट लिए । आदिल राशिदले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । डेविड विल्ली र लियाम लिभिङस्टनले समान एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]