default_image

2 years ago

November 4, 2023

बागलुङ कप टि२० क्रिकेट प्रतियोगिता हुँदै

270 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

बागलुङ क्रिकेट संघले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गरेर कार्तिक २१ गतेदेखि २५ गतेसम्म बागलुङ बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएकोछ ।

बागलुङ क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्यले प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहने बताए । उनले नेपाल क्रिकेट संघका सदस्य जिल्लाहरु बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्ला क्रिकेट संघले सहभागिता जनाउने बताए । लिगकम नकआउटका आधारमा खेलाइने खेलको शनिबार खेल तालिका समेत सार्वजनिक गरिएको छ । बागलुङ, पर्वत र कास्की जिल्ला क्रिकेट संघ समूह ‘ए’ तथा तनहुँ, स्याङ्जा र नवलपुर समुह ‘बि’मा रहेका छन् ।

प्रतियोगितामा विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । यस्तै ब्यक्तिगत विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र बलरले समान ५–५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याच विजेताले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो । क्याले गतवर्ष ४५ औं सदस्य जिल्लाको रुपमा बागलुङलाई सदस्यता प्रदान गरेको थियो । प्रतियोगिता सम्पूर्ण खेल म्याटमा खेलाइने र आइसिसिको नियमानुसार नै खेलाइने संघले जनाएको छ ।

संघले प्रतियोगितामा सहभागि हुने पर्वतको टिमलाई १० हजार र बाँकी टिमलाई २५ हजार रुपैयाँका दरले उपलब्ध गराएको छ । टिमहरुले उक्त रकमबाट खाना र आवासको व्यवस्था आफै गर्नुपर्ने संघका सदस्य तथा मिडिया फोकलपर्सन अभिषेक कटुवालले बताए ।

आयोजकले प्रतियोगिता संचालनको लागि १२ लाख ६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । सम्पूर्ण रकम सहयोगबाट संकलन गरिने संघका उपाध्यक्ष कमल पन्तले बताए । उनले प्रतियोगिता संचालनको लागि बागलुङ नगरपालिकाबाट १ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको र अन्य रकम जिल्लाका अरु स्थानीय तह सहित पूर्व खेलाडी, व्यवसायी र सहयोगीबाट संकलन गरिने बताए ।

प्रतियोगितालाई (क्यान) र गण्डकी प्रादेशिक क्रिकेट संघले स्वीकृति प्रदान गरेको छ । अध्यक्ष आचार्यले क्रिकेट प्रतिको बढ्दो आकर्षणलाई ध्यान दिएर प्रतियोगिता संचालन गर्न लागिएको बताए ।

जिल्लाको टिम छनोटमा खेलाडीहरुको आकर्षक देखेर उत्साहित बनेको अध्यक्ष आचार्यको भनाई छ । ‘अहिले क्रिकेट प्रति खेलाडीहरुको आकर्षक लोभलाग्दो छ,’ अध्यक्ष आचार्यले भने,‘प्रतियोगिताको लागि जिल्लाको टिम छनोटमा समेत भारतमा रहेका खेलाडीहरु आएर सहभागिता जनाएका छन् । जिल्लामा जन्मेर बाहिर बसेर खेलिरहेका खेलाडीहरु जिल्लाको टिम छनौटमा उपस्थित हुँदा प्रतियोगिता गर्न उत्साह थप भएको छ ।’

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले ट्रफी अनावरण गरेका थिए । उनले अन्तराष्ट्रिय स्तरमा खेलकुदले देशको नाम रोशन गरिरहेपनि सरकारी पक्षबाट खेल र खेलाडीको लागि प्रयाप्त बजेट विनियोजित नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले स्थानीय तहले खेलकुद विभाग गठन नगर्ने र प्रदेश तथा संघ सरकारले खेलकुदमा बजेट विनियोजित नगर्दा ग्रास रुटका प्रतियोगिता संचालन गर्न र नयाँ खेलाडी उत्पादनमा समस्या भएको बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्काले सहयोग संकलन गरेर जिल्लाका खेल संघहरुले खेलाडी उत्पादन गर्ने र प्रतियोगिता गर्ने गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.