default_image

2 years ago

November 5, 2023

नेपालले उपाधिको लागि ओमानसँग खेल्दै

3640 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग खेल्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउनुको साथै विश्वकपमा पुगेका थिए । नेपालको रोहित पौडेल र ओमानको जिशान मकसुदले कप्तानी गर्नेछन् ।

घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा पाँच रनको पराजित भएको थियो । युएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोलीको मनोबल उच्च छ । घरेलु मैदान र दर्शकले नेपाल झनै बलियो बन्नेछ ।

नेपालका कुशल भुर्तेल र कुशल मल्ल प्रमुख टि२० खेलाडी हुन् । यी दुई खेलाडीको उच्च प्रदर्शन बिना जित कठिन पर्न सक्छ । ओमानविरुद्ध फाइनल खेल दीपेन्द्रसिंह ऐरी खेल्ने छैनन् ।

विश्वकपमा पुग्न निर्णायक खेल हुँदा दीपेन्द्रले युएईविरुद्ध खेलेका थिए । तर फाइनल खेल हुँदा दीपेन्द्र खेल्ने सम्भावना देखिदैन । खुट्टाको एंकलमा चोट लागेका दीपेन्द्र नखेल्दा सन्दीप जोरा वा विनोद भण्डारी मध्य एक खेल्ने छन् । सन्दीप जोराको सम्भावना बढी छ ।

नेपालको टोलीमा अन्य परिवर्तन गर्ने सम्भावना छैन । करण केसीको स्थानमा ललित राजवंशीलाई मौका दिनसक्छ ।

करण र सोमपालबाट राम्रो सुरुवात चाहन्छ । डेथ ओभरमा अभिनाश बोहरा हुनेछन् । डेथ ओभरमा लगातार रन खर्चिदै आएको थियो । युएईविरुद्ध सन्दीप र कुशलले १७ औं र २० औं ओभर गरेका थिए । ओमानविरुद्ध नेपाललाई डेथ ओभरमा स्पिनर लगाउने निर्णय घातक पनि बन्नसक्छ ।

ओमानका दुई पाकिस्तानी मुलका अकिब इल्यास र जिशान मकसुद प्रमुख हतियार हुन् । यी दुई अलराउन्डरको प्रदर्शन ओमानलाई महत्वपूर्ण हुनेछ । अकिब समूह चरणमा ब्याटिङमा २ रनमा सोमपालको बलमा बोल्ड आउट भएपनि बलिङमा दुई विकेट लिएका थिए ।

बहराइनलाई हराउन उनले चार विकेट लिएका थिए । तेस्रो नम्बरमा खेल्दै आएका अकिब नेपाललाई घातक बन्नसक्ने खेलाडी हुन् । अकिब राम्रो लयमा पनि छन् ।

जिशान आफ्नो अनुभवको फाइदा उठाउन सक्छन् । नेपालविरुद्ध उनले २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रन बनाएका थिए । भारतीय मुलका युवा ब्याटर प्रतीक अथवले पनि राम्रो गर्दै आएका छन् ।

ओमानको ब्याटिङमा गहिराई छ । तीव्र गतिका बलर कलिमुउल्लाह र बिलाल खा बाहेक अन्य सबै ब्याटिङका लागि चिनिन्छन् । तीव्र गतिका बलर बिलाल खानको प्रदर्शन महत्वपूर्ण हुनेछ । ओमानमा सबै भारतीय र पाकिस्तानी मुलका खेलाडी छन् । त्यसैले उनीहरुको प्रदर्शन अनुमान लगाउन मुश्किल पर्ने गर्दछ ।

हेड टु हेड :

नेपाल र ओमानबीच टि२० आईमा पाँच खेल भएका छन् । नेपाल तीन र ओमान दुई खेलमा विजयी भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.