2 years ago
November 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झाले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट युवा नेपाली खेलाडीको अवार्ड पाउँदै मोटरसाइकल पाउने भएका छन् । नेपाल फाइनलमा सुपर ओभरमा पराजित भएपनि गुलशनले उक्त अवार्ड पाएका हुन् ।

गुलशनले ५ खेलमा ७९ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । गुलशनले ओमानविरुद्ध ५४, युएईविरुद्ध २२ र ओमानविरुद्ध ३ रन बनाएका थिए । सिंगापुरविरुद्ध २ विकेट लिएका उनले मलेसिया र ओमानसँग १-१ विकेट लिएका थिए । गुलशनले पल्सरको १ सय ६० सिसीको मोटरसाइकल पाउनेछन् ।
ओमानलाई उपाधि जिताउन सानदार अलराउन्डर प्रदर्शन गरेका अकिब इल्यास प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । अकिबले प्रतियोगितामा ओमानलाई अपराजित रहँदै उपाधि जिताउन १ सय रन बनाउनुको साथै १० विकेट लिएका थिए । नेपाललाई फाइनलमा हराउन ३३ रन बनाउनुको साथै २ विकेट लिएका छन् ।
ओमानका बिलाल खान प्रतियोगिता उत्कृष्ट बलर चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए । ओमानलाई उपाधि जिताउन प्रतियोगिताभर सानदार प्रदर्शन गरेका थिए ।
नेपालका कुशल भुर्तेल प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । कुशलले ५ खेलमा १ अर्धशतकसहित कुल १ सय ८५ रन बनाएका थिए । नेपाल सुपर ओभरमा फाइनलमा ओमानसँग पराजित भएको छ ।
नेपाल र ओमानले २०२४ को टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा युएई र ओमानले बहराइनलाई हराउँदै विश्वकपमा स्थान बनाएका थिए।
यसअघि अकिब इल्यास सवोृत्कृष्ट खेलाडी हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाईएको छ,सम्पादक ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]