11 months ago
November 5, 2023
एजेन्सी – शीर्षक्रमका ब्याटर विराट कोहलीको कीर्तिमानी शतकमा भारतले आइसिसी विश्वकप २०२३ मा दक्षिण अफ्रिकालाई ३ सय २७ रनको विशाल लक्ष्य दिएको छ । वानखडे स्टेडियम कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २६ रन बनायो ।
भारतका विराट कोहली १ सय २१ बलमा १० चौकासहित १ सय १ रनमा नट आउट रहे । कोहलीको ओडिआई करिअरको ४९ औं शतक हो । योसँगै कोहलीले ओडिआईमा सर्वाधिक शतकको कीर्तिमान बराबरी गरेका छन् । आफ्नो ३५ औं जन्मदिनमा कोहलीले शतक हानेका हुन् ।
ओडिआईमा सर्वाधिक शतक सचिन तेन्दुलकरले प्रहार गरेका छन् । सचिनले ४ सय ६३ खेलमा ४९ शतकसहित १८ हजार ४ सय २६ रन बनाए ।
सचिन र कोहलीपछि ओडिआईमा भारतका रोहित शर्माले ३१, अष्ट्रेलियाका रिंकी पोन्टिङले ३०, श्रीलंकाका सनाथ जयसूर्याले २८ र दक्षिण अफ्रिकाका हासिम अमलाले २७ शतक प्रहार गरेका छन । एवि डिभिलियर्स, क्रिस गेल र कुमार संगाकाराले समान २५ शतक प्रहार गरेका छन् ।
भारतलाई ओपनर रोहित शर्माले २४ बलमा ६ चौका र २ छक्कासहित ४० रन बनाउँदै आक्रामक सुरुवात दिलाएका थिए । उनी कागिसो रबाडाको बलमा टेम्बा बभुमाबाट क्याच आउट भए ।
शुभमन गिल २४ बलमा ४ चौका र १ छक्कासहित २३ रन बनाउँदै केशव महाराजको बलमा बोल्ड आउट भए । श्रेयस ऐर ८७ बलमा ७ चौका र २ छक्कासहित ७७, सूर्यकुमार यादव २२ र लोकेश राहुल ८ रनमा आउट भए ।
रविन्द्र जडेजाले १५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । दक्षिण अफ्रिकाका कागिसो रबाडा, तबरेश शाम्सी, लुंगी एनगिडी, मार्को यानसन र केशव महाराजले १-१ विकेट लिए ।
October 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कमजोर ब्याटिङले निरन्तरता पाउँदा नेपाली टोली क्यानडामा फेरि पराजित भएको छ । क्यानडामा भएको शुक्रवार भएको ५० ओभरको अभ्यास खेलमा नेपाली टोली क्यानडा हाईप्रफमेन्ससँग ३ विकेटले पराजित भएको हो । १ सय ४४ रनको सामान्य लक्ष्य क्यानडा हाइप्रफमेन्स टिमले ३६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि युवराज शर्माले ४४, […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले प्रकाश खड्कालाई सिइओमा नियुक्त गरेको छ । खड्का र सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाहले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरेको टोलीले जनाएको छ। १० वर्ष भन्दा लामो समय क्रिकेटमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेका खड्का धनगढी प्रिमियर लिग (डिपिएल) का समेत निर्देशकका रुपमा रहिसकेका छन् । […]
October 4, 2024
एजेन्सी – घरेलु टोलीले क्यानडा टि ट्वान्टी त्रिकोणात्मक सिरिज जितेको छ । ओमानलाई बिहीवार ५ विकेटले हराउँदै क्यानडा च्याम्पियन बनेको हो । नेपाल पनि सहभागी यस सिरिजमा शिर्ष स्थानमा रहँदै क्यानडाले उपाधि जितेको हो । क्यानडाले सिरिजमा खेलेका ४ मध्ये ३ खेल जितेको थियो । क्यानडाले सिरिजमा नेपालसँगको दुवै खेलमा जित हासिल गरेको थियो । […]