2 years ago
November 6, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर चरिथ असलंकाको शतकमा श्रीलंकाले आइसिसी विश्वकप २०२३ मा बंगलादेशलाई २ सय ८० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएकोछ । दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.३ ओभरमा २ सय ७९ रनमा अल आउट भयो ।

श्रीलंकाका चरिथ असलंकाले १ सय ५ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । चरिथ बाहेक अन्य कुनैपनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । ओपनर पाथुम निसंका ३६ बलमा ८ चौकासहित ४१ रनमा आउट भए । कुशल परेरा ४ र कुशल मेन्डिस १९ रनमा आउट भएका थिए ।
सदिरा समाराविक्रमा ४२ बलमा ४ चौकासहित ४१ रनमा सकिब अल हसनको बलमा क्याच आउट भए । हसनको बलमा सदिरा महमुदूल्लाहबाट क्याच आउट भएका थिए ।
उनी आउट भएपछि हेल्मेट समस्याको कारण तयार हुन दुई मिनेट समय भन्दा बढी लगाएपछि एन्जिलो म्याथ्युज टाइम आउट भएका थिए । क्रिकेट इतिहासमा म्याथ्युज टाइम आउट हुने पहिलो खेलाडी हुन् ।
धनन्जय डि सिल्भा ३४, महेश थिक्सेना २२ र दुश्मन्था चामिरा ४ रनमा आउट भएका थिए । बंगलादेशका तान्जिम हसन सकिबले १० ओभरमा ८० रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । शोरिफुल इस्लामले ९.३ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]