2 years ago
November 7, 2023
एजेन्सी – अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक च्याम्पियन्स ट्रफी खेल्ने भएको छ । भारतमा जारी आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानले अन्तिम ८ मा रहँदै च्याम्पियन्स ट्रफी खेल्ने पक्का भएको हो ।

च्याम्पियन्स ट्रफी यस विश्वकपको अंक तालिकामा पाकिस्तान बाहेक शीर्ष ७ टोलीले खेल्न पाउनेछन् । पाकिस्तान भने घरेलु टोली हुँदा सोझै छनोट भएको थियो । सन् २०२५ मा पाकिस्तानमा हुने उक्त च्याम्पियन्स ट्रफी भारत, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानले खेल्ने पक्का भएको छ ।
अव बंगलादेश, श्रीलंका, नेदरल्यान्ड्स र इंग्ल्यान्ड मध्य दुई टोलीले मात्रै खेल्न पाउनेछन् । यी चार मध्य यस विश्वकपको अंक तालिकामा माथि रहने दुई टोलीले च्याम्पियन्स ट्रफी खेल्न पाउनेछन् । साविक विजेता इंग्ल्यान्डले भने च्याम्यिन्स ट्रफी २०२५ गुमाउने उच्च सम्भावना छ ।
बंगलादेश ८ खेलमा ४ अंकका साथ सातौं स्थानमा छ । श्रीलंका ८ खेलमा ४ अंकका साथ आठौं स्थानमा छ । नेदरल्यान्ड्स ७ खेलमा ४ अंकका साथ नवौं स्थानमा छ । इंग्ल्यान्ड ७ खेलमा २ अंकका साथ पुछारमा छ । च्याम्पियन्स ट्रफी खेल्न इंग्ल्यान्डले विश्वकपमा आफ्ना अन्तिम दुई खेल नेदरल्यान्ड्स र पाकिस्तान दुबैलाई हराउनु पर्ने हुन्छ । अन्यथा पहिलो पटक च्याम्पिन्स ट्रफी नखेल्ने सम्भावना देखिन्छ ।

जारी विश्वकपमा भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । यी दुबै टोली विश्वकपको सेमिफाइनलमा पुगेका छन् ।
अष्ट्रेलिया ७ खेलमा १० अंकका साथ तेस्रो स्थानमा छ । आजको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराएको खण्डमा सेमिफाइनलमा पुग्नेछ । न्युजिल्यान्ड ८ खेलमा ८ अंकका साथ चौथो स्थानमा छ । पाकिस्तान ८ खेलमा ८ अंकका साथ पाँचौं स्थानमा छ । अफगानिस्तान ७ खेलमा ८ अंकका साथ छैटौं स्थानमा छ ।
च्याम्पियन्स ट्रफी पछिल्लो पटक २०१७ मा इंग्ल्यान्डमा भएको थियो । फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनले हराउँदै उपाधि जितेको थियो ।
त्यसपछि भने आइसिसीले च्याम्पियन्स ट्रफीलाई हटाएको थियो । तर २०२५ देखी पुन सुरु हुँदैछ । सन् १९९८ देखी सुरु भएको च्याम्पियन्स ट्रफी अष्ट्रेलिया र भारतले सर्वाधिक दुई पटक जितेको छन् । न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्टइन्डिजले समान एक पटक उपाधि जितेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]