2 years ago
November 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दुई टोलीले पहिलो पटक एकै वर्ष विश्वकप खेल्ने भएका छन् । नेपालको सिनियर र यू१९ टोली दुबैले २०२४ मा विश्वकप खेल्दैछन् ।

नेपालले २०२४ जुन ४ दखी ३० सम्म वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि२० विश्वकप खेल्दैछ । उता यू-१९ विश्वकप जनवरी १३ देखी फेब्रुअरी ४ सम्म श्रीलंकामा हुँदैछ । नेपालको दुबै टोलीले निर्णायक खेलमा युएईलाई हराउँदै विश्वकपमा स्थान बनाएका हुन् ।
नेपालले २०१४ मा पहिलो पटक टि२० विश्वकप बंगलादेशमा खेलेको थियो । तर त्यो वर्ष यू१९ टोलीले विश्वकप खेलेको थिएन । त्यसैले नेपालको यू१९ र सिनियर टोलीले एकै वर्ष विश्वकप खेल्नेछन् । सिनियर टोलीले २०१४ र यू१९ टोलीले २०१६ पछि पहिलो पटक विश्वकप खेल्नेछन् ।
नेपालले माथिल्लो मुलपानी मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै टि२० विश्वकपमा पुगेको हो । नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो ।
नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग पाँच रनले हारेको थियो । फाइनलमा भने नेपाल ओमानसँग नै सुपर आोभरमा पराजित भएको थियो ।

नेपालले २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकपमा डेब्यू गरेको थियो । त्यो विश्वकपमा नेपालले हङकङलाई र अफगानिस्तानलाई हराएको थियो । नेपाल बंगलादेशसँग पराजित हुँदै सुपर १० मा पुगेको थिएन । त्यसपछि नेपालले विश्वकपमा स्थान बनाउन सकेको थिएन ।
नेपालले गत फागनुमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा अन्तिम खेलमा युएईलाई ७ रनले पराजित गर्दै ८ वर्षपछि विश्वकपमा पुगेको थियो । सन् १९८८ देखि सुरु भएको यू-१९ विश्वकपमा नेपालले २००० मा डेब्यू गरेको थियो ।
नेपालले २००० देखि २०१६ सम्म ७ पटक यू१९ विश्वकप खेलेको थियो । नेपालले २००० देखि २००८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । त्यसपछि २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो । नेपालले २०१०, २०१४, २०१८, २०२० र २०२२ को यू-१९ विश्वकप गुमाएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]