default_image

2 years ago

November 8, 2023

विश्वकपमा एक सेमिफाइनलको लागि चार टोलीको भिडन्त

8567 views

0 Bookmark

एजेन्सी – भारतमा जारी आइसिसी विश्वकप २०२३ मा अन्तिम चारमा रहेर सेमिफाइनल खेल्न चार टोलीको सम्भावना बाँकी छ । विश्वकपमा भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् । अव चार मध्य एक टोली मात्रै सेमिफाइनलमा पुग्नेछन् ।

भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । भारतले शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्नेछ । भारतले चौथो स्थानमा रहने टोलीसँग नोभेम्बर १५ मा सेमिफाइनल खेल्नेछ ।

दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ ।

दोस्रो सेमिफाइनलमा नोभेम्बर १६ मा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच हुनेछ । अव न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान र नेदरल्यान्ड्स मध्य एक टोलीले सेमिफाइनल खेल्नेछन् । सबै टोलीको समिकरण यस प्रकार छ ।

न्युजिल्यान्ड –

सुरुवाती चार खेल जितेको न्युजिल्यान्ड लगातार चार हारको कारण सेमिफाइनलमा पुग्न केहि संघर्ष गरेको छ । तर अन्य टोलीको भन्दा न्युजिल्यान्डको नेटरनरेट राम्रो छ । न्युजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा हारससहित ८ अंकका साथ चौथो स्थानमा छ । न्युजिल्यान्डले अन्तिम खेल बिहीबार श्रीलंकासँग खेल्नेछ ।

उक्त खेलमा विजयी भएमा १० अंकमा पुग्नेछ । न्युजिल्यान्डको नेटरनरेट ०.३९८ छ । पाकिस्तानको नेटरनरेट ०.०३६ हुँदा अन्यको माइनस छ । न्युजिल्यान्ड अन्तिम खेलमा विजयी हुनुपर्छ । विजयी फराकिलो हुँदा सहज रुपमा सेमिफाइनलमा पुग्न सक्छ ।

अझ पाकिस्तान र अफगानिस्तान अन्तिम खेलमा पराजित भएमा नेटरनरेटको कुनै झन्झट हुनेछैन । अन्तिम खेलमा श्रीलंकामाथि केहि फराकिलो जित हात पार्न सके न्युजिल्यान्डले सेमिफाइनल खेल्नेछ ।

पाकिस्तान

पाकिस्तान ८ खेलमा ८ अंकका साथ पाँचौं स्थानमा छ । सुरुवाती दुई खेल जितेको पाकिस्तानले त्यसपछि लगातार चार खेल हारेको थियो । पछिल्ला दुई खेल जितेको थियो । पाकिस्तानले अन्तिम खेल शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।

पाकिस्तान सेमिफाइनल खेल्न अन्तिम खेलमा फराकिलो जित हात पार्नुपर्छ । अथवा अफगानिस्तान र न्युजिल्यान्ड अन्तिम खेलमा पराजित हुँदा पाकिस्तानलाई जित पर्याप्त हुनेछ ।

पाकिस्तान १० अंकका साथ सेमिफाइनल खेल्न फराकिलो जितको आवश्यकता देखिन्छ । जित मात्रै भने पर्याप्त हुनेछैन । बिहीबार न्युजिल्यान्डको नतिजापछि पाकिस्तानको सम्भावना देखिनेछ ।

अफगानिस्तान

अफगानिस्तान ८ खेलमा ८ अंकका साथ छैटौं स्थानमा छ । अफगानिस्तान सेमिफाइनल खेल्न अन्तिम खेलमा शुक्रबार दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले हराउनु पर्छ ।

अफगानिस्तानको नेटरनरेट माइनस ०.३३८ छ । सामान्य जितले मात्रै अफगानिस्तान सेमिफाइनलमा पुग्न सक्दैन । फराकिलो जित हात पार्नुपर्छ । अथवा पाकिस्तान र न्युजिल्यान्ड अन्तिम खेलमा पराजित भएमा अफगानिस्तानलाई सेमिफाइनल खेल्न जित पर्याप्त हुनेछ ।

नेदरल्यान्ड्स

सेमिफाइनलमा पुग्न नेदरल्यान्ड्सको पनि अंक गणीतिय सम्भावना छ । नेदरल्यान्ड्स ७ खेलमा २ मा जितसहित ४ अंकका साथ नवौं स्थानमा छ । नेदरल्यान्ड्सले बाँकी दुई खेल भारत र इंग्ल्यान्डसँग खेल्नेछ ।

यी दुबै खेलमा विजयी भएमा नेदरल्यान्ड्स ८ अंकमा पुग्नेछ । तर ८ अंकका साथ सेमिफाइनल खेल्न अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डले अन्तिम खेलमा सबैले हार्नुपर्छ ।

अन्तिम खेलमा यी तीन टोलीले फराकिलो हार ब्यहोरेको खण्डमा र उता नेदरल्यान्ड्सले दुबै खेलमा विशाल जित हात पार्न सके चार टोलीको ८–८ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि रहँदै नेदरल्यान्ड्स सेमिफाइनल खेल्न सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.