default_image

2 years ago

November 9, 2023

श्रीलंकासँग निर्णायक खेल खेल्दै न्युजिल्यान्ड

2415 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा श्रीलंकासँग अन्तिम खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा बेंगलोरमा सुरु हुनेछ । न्युजिल्यान्डलाई सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ । न्युजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।

श्रीलंका ८ खेलमा २ मा जित र ६ मा हारसहित ४ अंकका साथ नवौं स्थानमा छ । श्रीलंका सेमिफाइनल दौडबाट बाहिरी सकेको छ । न्युजिल्यान्ड यस खेलमा विजयी भएर मात्रै सेमिफाइनलमा पुग्न सक्दैन । सेमिफाइनलमा पुग्न अफगानिस्तान र पाकिस्तानसँगको नेटरनरेटमा पनि भरपर्नुपर्ने हुन्छ ।

पाकिस्तान र अफगानिस्तान दुबैले समान एक खेल खेल्न बाँकी हुँदा ८–८ अंक छ । न्युजिल्यान्डको नेटरनरेट ०.३९८, पाकिस्तानको ०.०३६ र अफगानिस्तानको माइनस ०.३३८ छ । पाकिस्तानले इंग्ल्यान्ड र अफगानिस्तानले दक्षिण अफ्रिकासँग अन्तिम खेल खेल्न बाँकी छ ।

अन्तिम खेलमा अफगानिस्तान र पाकिस्तान पराजित भएमा न्युजिल्यान्डलाई आजको खेलमा जित मात्रै पर्याप्त हुनेछ । तर यी दुई टोली मध्य एक वा दुबै विजयी भएको खण्डमा भने नेटरनरेट निर्णायक बन्नेछ ।

अन्तिम चारमा रहने टोलीले सेमिफाइनलमा भारतसँग खेल्नेछ । दक्षिण अफ्रिका र अष्ट्रेलियाले दोस्रो सेमिफाइनल खेल्ने पक्का भएको छ । न्युजिल्यान्डले सुरुवाती चार खेल जितेपनि त्यसपछि लगातार चार खेल हारेको छ । पछिल्लो पटक न्युजिल्यान्डले ४ सय १ रन बनाएपनि वर्षा बाधक बन्दा पाकिस्तानसँग पराजित भएको थियो ।

पाकिस्तानले उक्त विजयी लक्ष्य पछ्याउनेक्रममा २५.३ ओभरमा १ विकेट गुमाउँदा वर्षाको कारण खेल हुन सकेको थिएन । त्यसैको कारण पाकिस्तान डकवर्थ लेविस पद्धतिको आधारमा २१ रनले विजयी भएको थियो ।

पाकिस्तानलाई जिताउन ओपनर फखार जमानले ८१ बलमा ८ चौका र ११ छक्कासहित १ सय २६ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

यता न्युजिल्यान्डका युवा ब्याटर रचिन रविन्द्र प्रमुख हतियार बन्दै आएका छन् । पाकिस्तानविरुद्ध उनले १ सय ८ रन बनाएपनि टोलीलाई जिताउन सकेका थिएनन् । यस विश्वकपमा रचिनले तीन शतक प्रहार गरि सकेका छन् ।

कप्तान केन विलियम्सनले पाकिस्तानविरुद्ध ९५ रन बनाएका थिए । बेंगलोरको ब्याटिङ सहयोगी पिचमा न्युजिल्यान्डले पुन विशाल योगफल बनाउन सक्छ ।

ओपनर डेभन कन्वेबाट न्युजिल्यान्ड ठूलो इनिङ चाहन्छ । डर्याल मिचेल र ग्लेन फिलिप्सले पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । न्युजिल्यान्डले इश सोधीको स्थानमा लोकी फर्गुसनलाई मौका दिनसक्छ । ट्रेन्ट बोल्ट र टिम साउथीबाट पावर प्लेमा सानदार सुरुवातको अपेक्षा गर्नेछ ।

उता श्रीलंकालाई च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै गर्न यो खेल जित्नै पर्ने हुन्छ । आजको खेल हारेको खण्डमा श्रीलंकाले २०२५ मा हुने च्याम्पियन्स ट्रफी गुमाउने लगभग पक्कापक्की जस्तै हुनेछ ।

श्रीलंकाका युवा तीव्र गतिका बलर दिलशान मदुशानका यस विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले २१ विकेट लिई सकेका छन् । बायाँ हाते उनी बाहेक अन्य कुनैपनि बलरले प्रभाव जमाउन सकेका छैनन् ।

कुशल मेन्डिस, चरिथ असलंका र पाथुम निसंका श्रीलंकाका प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शनमा नतिजा निर्भर हुनसक्छ । २०१९ यता न्युजिल्यान्डले श्रीलंकासँग हारेको छैन ।

पाकिस्तानले शनिबार इंग्ल्यान्ड तथा अफगानिस्तानले शुक्रबार दक्षिण अफ्रिकासँग खेल्नेछ । यी दुई खेलको नतिजापछि मात्रै सेमिफाइनलमा पुग्ने एक टोलीको टुङ्गो लाग्नेछ ।

यी तीन टोलीनै १० अंकका साथ सेमिफाइनल खेल्ने लक्ष्यमा हुँदा नेटरनरेट निर्णायक हुने देखिन्छ । नेटरनरेट अन्य टोलीको भन्दा न्युजिल्यान्डको राम्रो हुँदा आजको खेलमा विजयी हुँदा सम्भावना बढी देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.