2 years ago
November 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज कटवाल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार देखी हङकङमा सुरु हुने चार देश सम्मिलित महिला टि२० आई सिरिजको लागि मनोजलाई नियुक्त गरेको हो । उनकै प्रशिक्षणमा महिला टोलीले प्रशिक्षण गर्दै आएको छ ।

नेपालका पूर्वक्रिकेटर समेत रहेका मनोजले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । उनको प्रशिक्षणमा पुलिसले घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । सन् २०६२ देखि नेपाल पुलिसबाट खेल्न थालेका कटवाल २०६७ सालमा प्रशिक्षण समालेका थिए ।
विकेटकिपर कटवालले यू१७ हुँदै सन् २००० देखि २००६ सम्म नेपाली राष्ट्रिय टोली प्रतिनिधित्व गरेका थिए । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) चितवन राइनोजले अपराजित रहँदै उपाधि जित्दा कटवाल प्रशिक्षक थिए ।
पछिल्लो पटक गतवर्ष नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दा मनोज पुलिसका मुख्य प्रशिक्षक थिए । मनोजले नेपाली सिनियर क्रिकेट टोलीमा पनि सहायक प्रशिक्षकको भूमिका निर्वाह गरि सकेका छन् ।

नेपालकी पूर्व कप्तान निरा राजोपाध्याय सहायक प्रशिक्षकमा नियुक्त भएकी छिन् । त्यस्तै पूर्वक्रिकेटर माया रावल टिम व्यवस्थापकमा रहेका छिन् । क्यानले हाललाई यी तीन जनालाई नै हङकङ भ्रमणको लागि नियुक्त गरेको हो ।
नेपालले हङकङमा चार देश सम्मिलित टि२० सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् । नेपालले कार्तिक २९ गते तान्जानिया, कार्तिक ३० गते हङकङ र मंसिर २ मा जापानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल मंसिर ३ मा हुनेछ ।
नेपाली टोली :
इन्दु वर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सिता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, संगीता राई, सम्झना खड्का, खुसी डंगोल, पुजा महतो, कन्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]