2 years ago
November 11, 2023
एजेन्सी – भारतमा जारी आईसीसी विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको छ ।

३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २ सय ४४ रनमा अलआउट भयो।
पाकिस्तानका लागि आगा सलमानले ४५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाएर एकमात्र अर्धशतक पूरा गरे । कप्तान बाबर आजमले ४५ बलमा ६ चौका प्रहार गर्दै ३८ रन बनाए ।
मोहम्मद रिजवानले ३६ रन र साउद शकीलले २९ रन बनाए। बलर जोडी शाहिन शाह अफ्रिदी २२ बलमा २५ र हरिस रउफले २३ बलमा ३५ रन बनाएका थिए ।
अब्दुल्लाह शफिकले रन बनाउन सकेनन् भने उनका ओपनिङ पार्टनर फखर जमानले मात्र १ रनमा आउट भए । इफ्तिखार अहमदलले ३ र शादाब खानले ४ रन जोडे । मोहम्मद वासिम १८ रनमस नटआउट रहे
इंग्ल्यान्डका लागि डेभिड विलीले ३ विकेट लिए । गस एटकिन्सन, मोइन अली र आदिल रसिदले समान २ विकेट लिए । क्रिस वोक्सले १ विकेट लिए ।
पहिलो टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो।
इंग्ल्याण्डका लागि बेन स्टोक्स, जो रुट र जोनी बेयरस्टोले अर्ध शतक बनाए । स्टोक्सले सर्वाधिक रन बनाउने क्रममा ७६ बलमा ११ चौका र २ छक्काका साथ ८४ रनको योगदान थिए ।
रुटले ७२ बलमा ४ चौका प्रहार गर्दै ६० रन बनाए । ओपनर बेयरस्टोले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए ।
अर्का ओपनर डेविड मलानले ३९ बलमा ५ चौका प्रहार गर्दै ३१ रन बनाए । ह्यारी ब्रुकले १७ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे । कप्तान जोस बटलरले पनि १८ बलमा २७ रन थपे ।
डेभिड विलीले ५ बलमा १५ रन बनाए । मोइन अलीले रन बनाउन सके भने गस एटकिन्सन शून्यमा आउट भए। क्रिस वोक्स ४ रन र आदिल राशिद बिना रन नटआउट रहे ।
पाकिस्तानका हसिफ रउफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियरले समान २ र इफ्तिकार अहमदले १ विकेट लिए ।
इङ्ग्ल्याण्ड यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । पाकिस्तानसँग सेमिफाइनल पुग्ने लगभग असम्भव अवसर थियो। लिग चरणमा पाकिस्तान ९ मध्ये ४ जितसहित पाँचौं स्थानमा आफ्नो यात्रा सकेको छ । इंग्ल्याण्ड ३ जितसहित सातौं स्थानमा छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]