2 years ago
November 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना प्रदेशका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । नेपाललाई विश्वकपमा पुर्याउदाका आफ्ना प्रदेशका तीन खेलाडीलाई सुदूर सरकारले सम्मान गर्ने निर्णय लिएको हो ।

दीपेन्द्रले भने १ लाख अन्य खेलाडीको तुलनामा बढी पाउनेछन् । एक महिना अघि दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै कहिल्यै नतोडिने अर्धशतकको विश्व कीर्तिमान बनाएका थिए । त्यही विश्व कीर्तिमानको कारण उनले एक लाख बढी पाउनेछन् ।
‘प्रदेश सरकारले खेलाडीलाई सम्मान गर्ने भएको छ । दीपेन्द्रलाई ६ लाख, सन्दीप जोरा र विनोद भण्डारीलाई ५(५ लाख दिनेछ । दीपेन्द्रले विश्व कीर्तिमानको कारण एक लाख अन्य खेलाडीको तुलनामा बढी पाउनेछन्’, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदसँग भने ।
नेपालले गत कार्तिक १७ गर्ते माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालले २०१४ पछि पहिलो पटक विश्वकप खेल्दैछ ।
सुदूर सरकारले यसअघि पनि आफ्ना खेलाडीलाई सम्मान गर्दै आएको छ । यसअघि यू१९ टोलीलाई विश्वकपमा पुर्याउदा र आइसिसी विश्वकप लिग २ मा जित हात पार्दा नगद पुरस्कारले सम्मान गरेको थियो ।
विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको १५ सदस्य टोलीमा दीपेन्द्र, सन्दीप जोरा र विनोद भण्डारी मात्रै थिए । नेपाली क्रिकेट टोलीलाई क्यानले ५० लाख रुपैयाँ दिने भएको छ । नेपाल सरकारलाई जनही १३ लाख रुपैयाँ दिन राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले सिफारिस गरि सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]