2 years ago
November 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इन्दु बर्मा नेपाली महिला क्रिकेट टोलीको कप्तानी गर्ने पाँचौं खेलाडी हुने भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देशबीच हुने महिला टि२० आई सिरिजको लागि इन्दुको कप्तानीमा टोली घोषणा गरेको छ ।

यसअघि नेपालबाट नेरी थापा, ऋतु कनोजिया, निरा राजपोध्याय र रुविना क्षेत्रीले कप्तानी गरेका थिए । नेरी थापा नेपालको पहिलो कप्तान हुन् । नेरीले २००७ देखी २०११ सम्म नेपाली महिला टोलीको कप्तानी गरेकी थिइन् ।
ऋतुले २००९ र निराले २०१० मा नेपालबाट कप्तानी गरेका थिए । २०११ मा नेरीले पुन नेपाली टोलीको नेतृत्व सम्हाल्लेकी थिइन् । तर २०१२ देखी रुविना क्षेत्री बेलबासेले नेपाली कप्तानी सम्हाल्लेकी थिइन् । रुविनाले २०१२ देखी २०२३ सम्म नेपाली महिला टोलीको कप्तानी सम्हाल्लेकी थिइन् । एक दशक कप्तानी गर्ने नेपाली महिला क्रिकेटमा रुविना एक्लो कप्तान हुन् ।
पुरुष टोलीमा पारस खड्काले मात्रै एक दशक भन्दा बढी समय कप्तानी गरेका थिए । रुविना र पारस बाहेक नेपालका कुनैपनि टोलीबाट एक दशक कप्तानी गर्ने खेलाडी छैनन् ।

इन्दुलाई गत वर्ष क्यानले उपकप्तानमा नियुक्त गरेको थियो । सीता रानामगरलाई उपकप्तानबाट अस्वाभाविक रुपमा हटाउँदै इन्दुलाई उक्त जिम्मेवारी दिएको थियो । यस पटक रुविनालाई कप्तानबाट हटाउँदै उनलाई नियुक्त गरेको हो । नेपाल एपिएफ क्लबबाट घरेलु क्रिकेट खेल्ने इन्दु नेपाली प्रमुख अलराउन्डर हुन् ।
नेपाली महिला क्रिकेट टोलीबाट उनले लगातार राम्रो प्रदर्शन गर्दै आएकी छिन् । नेपाली महिला टि२० आईमा अर्धशतक हान्ने पहिलो खेलाडी समेत रहेकी इन्दु तीन महिना अघि कुवेत, हङकङ, नेपाल र मलेसियाबीच भएको सिरिजमा उनी सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । उनले नेपालबाट लगातार राम्रो प्रदर्शन गर्दै आएकी छिन् ।

इन्दुले आफ्नो कप्तानीमा २०१९ मा वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा चितवन राइनोजलाई अपराजित रहँदै उपाधि दिलाएकी थिइन् । एपिएफमा भने उनले उपकप्तानको भूमिका निर्वाह गर्दै आएकी छिन् ।
सीताले निरन्तर कप्तानी गर्दै एपिएफबाट कप्तानी गर्ने अवसर भने पाएकी छैनिन् । २६ वर्षीय उनले ४४ महिला टि२० आई खेलमा ४ सय ९३ रन बनाउनुको साथै २३ विकेट लिएकी छिन् । बलिङ भने उनले मध्य गतिमा बलिङ गर्ने गर्दछिन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]