default_image

2 years ago

November 12, 2023

एकै खेलमा भारतका ९ खेलाडीले गरे बलिङ

11410 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्सविरुद्ध आफ्ना ९ खेलाडीलाई बलिङ गराएको छ । विश्वकप इतिहासमा तेस्रो पटक एकै खेलमा ९ खेलाडीले बलिङ गरेका हुन् ।

यसअघि इंग्ल्यान्डले सन् १९८७ मा श्रीलंका तथा न्युजिल्यान्डले १९९२ मा पाकिस्तानविरुद्ध समान ९ बलरले बलिङ गरेका थिए । ओडिआई इतिहासमा १७ औं पटक एकै खेलमा ९ खेलाडीले बलिङ गरेका हुन् । भारतले यसअघि तीन पटक ओडिआईमा ९ बलर बलिङ गराएको थियो ।

भारतले नेदरल्यान्ड्सविरुद्ध विकेटकिपर लोकेश राहुल र श्रेयस ऐर बाहेक अन्य सबै खेलाडीलाई बलिङ गराएको थियो । विराट कोहली र रोहित शर्माले एक एक विकेट लिन सफल पनि भए । त्यस्तै शुभमन गिल र सूर्यकुमार यादवले पनि बलिङ गरेका थिए ।

भारतले नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराउँदै सेमिफाइनल खेल्ने भएको छ । भारत लिगका सबै खेलमा अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको हो ।

जितको लागि ४ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रनमा अल आउट भएको थियो । भातरले बुधबार न्युजिल्यान्डसँग सेमिफाइनल खेल्नुअघि आफ्ना सम्भावित सबै खेलाडीलाई बलिङ गराएको हो । तुलनात्मक रुपमा कमजोर टोली र जित पक्का भएपछि ९ खेलाडीलाई बलिङ दिने निर्णय लिएको थियो ।

भारतका जस्प्रित बुमराहले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ६ ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ६ ओभरमा ४१ रन खर्चेका थिए ।

कुलदीप यादवले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए । रविन्द्र जडेजाले ९ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । विराट कोहलीले ३ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।

कोहलीले स्कटल्यान्डका कप्तान स्कट एडवार्ड्सलाई विकेटकिपर लोकेश राहुलबाट लेग साइडमा उत्कृष्ट क्याच आउट गराए । स्कट लेग साइडमा खेल्ने धुनमा एज लागेर आउट भएका थिए ।

शुभमन गिलले २ ओभरमा ११ तथा सूर्यकुमार यादवले २ ओभरमा १७ रन खर्चे । रोहित शर्माले ५ बल गर्दा ७ रन खर्चेर १ विकेट लिए । रोहितले तेजा निडामानुरुको विकेट लिएका थिए ।

ओडिआईमा हालसम्म एकै खेलमा ९ बलरले बलिङ गरेका छन् । पछिल्लो पटक ओडिआई क्रिकेटमा युएईले २०२२ नोभेम्बरमा सिरिजको पहिलो खेलमा नेपालविरुद्ध टियु क्रिकेट मैदानमा ९ बलरलाई बलिङ गराएको थियो ।

विश्वकपको पहिलो सेमिफाइनल खेलमा बुधबार वानखडे स्टेडियम मुम्बईमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार दोस्रो सेमिफाइनल खेलमा इर्डेन गार्डेन कोलकातामा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.