2 years ago
November 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजमा बुधबार तान्जानियासँग खेल्दैछ । खेल बिहान ७ : १५ मा सुरु हुनेछ । हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् ।

नेपालले पहिलो पटक तान्जानियासँग खेल्दैछ । महिला टि२० आईमा तान्जानिया १९ औं र नेपाल २१ औं स्थानमा छन् । दुवै टोली पहिलो पटक खेल्न लागेको हुँदा एक अर्काको बारे खासै जानकार छैनन् ।
नेपालले यसै सिरिजबाट कप्तानी परिवर्तन गर्दैछ । तान्जानियाविरुद्ध इन्दु बर्माले कप्तानी गर्नेछिन् । रुविना खेलाडीको रुपमा खेल्नेछिन् । नेपालकी प्रमुख तीव्र गतिकी बलर कविता कुँवर टोलीमा छैनन् । एपेन्डिक्सको शल्यक्रियाको कारण उनी नहुँदा नेपालले एक खेलाडीलाई डेब्यू दिनेछ ।
नेपालको टोलीमा तीव्र गतिका बलरमा पहिलो पटक सोनी पाख्रिन र सोमु विष्टले स्थान बनाएका छन् । सोनीले डेब्यू गर्ने सम्भावना छ । बागमतीबाट घरेलु क्रिकेटमा उनले राम्रो गर्दै आएकी छिन् । ब्याटिङ पनि गर्ने हुँदा सोनीको सम्भावना छ । अश्मिना कर्माचार्यले निरन्तरता पाउनेछिन् । अश्मिना प्रमुख बलर हुन् ।
नेपालका इन्दु बर्मा, सीता रानागमर र रुविना क्षेत्री प्रमुख हतियार हुन् । यी तीन खेलाडीको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । सिरिज हुँदा हार वा जितले भने खासै फरक पर्ने छैन । टिम निर्माण गर्ने यो सबैभन्दा राम्रो समय पनि हो ।
तान्जानियाले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ । यसै वर्ष केन्या, युएई, कतार लगायतका टोलीलाई हराइसकेको छ । विश्व क्रिकेटमा उदीयमान तान्जानिया नेपालविरुद्ध पनि जित निकाल्न चाहन्छ ।
फतुमा किबासु नेपाललाई घातक बन्नसक्छिन् । उनले ३६ महिला टि२० आई खेलमा ३ शतक र ५ अर्धशतकसहित ११ सय ६० रन बनाएकी छिन् । कप्तान तथा ओपनर उनको प्रदर्शनले योगफल निर्धारण हुनसक्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]