11 months ago
November 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा सुरु भएको ४ राष्ट्र सम्मिलित महिला टि—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले नेपाललाई एक सय १६ रनको लक्ष्य दिएको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङको गरेको तान्जनियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनाएको छ ।
तान्जनियाका लागि आइसा मोहमदले २१ रन बनाइन् गरिन् । हुद्दा ओमारीले २६ बलमा २ चौकासहित २५ रन बनाइन् ।
नेपालका लागि संगिता राईले २ तथा कप्तान इन्दू बर्मा, पूजा महतो र पूर्वकप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिइन् ।
October 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जनकपुरले मंगलवार सामाजिक संजाल मार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक हुन् । पुबुदुको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४ मा विश्वकपमा सहभागी भएको […]
October 15, 2024
एजेन्सी – न्युजिल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । समूह ए को आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो । सोमवार दुबईमा भएको खेलमा १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रन बनाउँदै अल आउट भयो । पाकिस्तानका लागि कप्तान फतिमा […]
October 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टोलीको तेस्रो चरणमा १८ खेलाडी छनोट भएका छन् । दोस्रो चरणको छनोटमा रहेका २ खेलाडी तेस्रो चरणको बन्द प्रशिक्षणमा परेनन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार तेस्रो चरण छनोट गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ […]