default_image

2 years ago

November 15, 2023

नेपाल तान्जानियासँग पराजित

6068 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा सुरु भएको ४ राष्ट्र सम्मिलित महिला टि२० आई सिरिजमा बुधबार पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । १ सय १६ रनको लक्ष्य पछएको नेपालले सिता राना मगरको आक्रमण ४३ रनका बावजुद २७ रनले पराजित भएको छ ।

फाइल तस्बिर

नेपाल १६.५ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिएको थियो । टस जितेर ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । सिताले नवौं विकेटका लागि डेब्यू गरेकी इश्वरी विष्टसँग ३२ रनको साझेदारी गरेपनि नेपालको हार टरेन । सिताले ३१ बलमा ४ छक्का प्रहार गरेकी थिइन् ।

कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १५ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । विन्दु रावल, सम्झना खड्का, पूर्व कप्तान रुविना क्षेत्री, खुसी डंगोलले खाता खोल्न सकेनन् । काजल श्रेष्ठले ९, संगिता राईले ४, इश्वरी र ओपनर पूजा महतोले समान ३ र अस्मिना कर्माचार्यले २ रन बनाइन् ।

तान्जानियाका लागि सोफिया जोरेमीले सिताको सहित ३ विकेट लिइन् । निमा पिइसले २ तथा प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान १ विकेट लिए । त्यसअघि हुड्डा ओमरीले २५ र इशाले २१ रन बनाएकी थिइन् । नेपालका संगिता राईले २, पुजा, रुविना र इन्दुले समान १ विकेट लिएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.