2 years ago
November 15, 2023
एजेन्सी – भारतमा जारी ओडिआई विश्व कप क्रिकेटको पहिलो सेमिफाइनल आज (बुधबार) आयोजक र न्युजिल्यान्ड टोलीबीच हुँदैछ । वाङखडे क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

अघिल्लो विश्व कपको सेमिफाइनलमा पनि यि दुई टोलीको भेट भएको थियो । त्यति बेला न्युजिल्यान्ड विजयी भएको थियो । घरेलु मैदानमा शानदार प्रदर्शन गरिरहेको भारत यसपटक फाइनल पुग्ने मौका गुमाउने पक्षमा छैन । सन् २०११ म भारतले घरेलु मैदानमै पछिल्लो पटक विश्व कप जितेको थियो ।
त्यसपछिका दुई संस्करणमा भारत सेमिफाइनलबाट अघि बढ्न सकेन ।अर्कोतर्फ लिगमा भारतसँग हार बेहोरेपनि न्युजिल्यान्ड आइसिसी प्रतियोगिताको नकआउट चरणको खेलमा भारतमाथिको दबदबालाई निरन्तरता दिने पक्षमा हुनेछ ।
अघिल्लो विश्वकपको सेमिफाइएनल होस् वा सन २०२१ म भएको आइसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएको थियो ।
लगातार दोस्रो पटक भारत लिग चरणको अंकतालिकाको शीर्षस्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेको हो । न्युजिल्यान्ड भने दक्षिण अफ्रिका र अष्ट्रेलियापछि चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो ।
भारतका कप्तान रोहित शर्माले न्युजिल्यान्डलाई अनुशासित टोलीका रुपमा व्यख्या गरेका छन् । न्युजिल्यान्ड निकै चनाखो तरिकाले क्रिकेट खेल्छ । ‘उनीहरुका केही खेलाडीले राम्रो खेलिरहेका छन्, हिजोको पत्रकार सम्मेलनमा भारतीय टोलीका कप्तान रोहित शर्माले भनेका थिए, ‘हाम्रो टोलीले पनि राम्रो गरिरहेको छ । उनीहरु हम्रो मानसिकताका बारेमा राम्रो जानकार छन् । हामीलाई पनि उनीहरुको खेल थाहा छ ।’

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले दुवै टोलीलाई सेमिफाइनल जित्ने उत्तिकै अवसर रहेको बताएका छन् । ‘हामीले आफ्नो क्षमता अनुसार खेल्यौं भने नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ,’ उनले भनेका छन्, ‘घरेलु मैदानमा भारतलाई दर्शकको पूरा समर्थन रहने छ । दबाबमा आफूहरुले कसरी खेल्नुपर्छ भन्ने पनि थाहा छ ।’
लिगमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराएको थियो । जारी विश्व कपमा भारतमात्रै अपराजित टोली हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]