2 years ago
November 15, 2023
एजेन्सी – आइसीसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत पहिलो सेमिफाइनलमा भारतले न्युजिल्यान्डविरुद्ध टस जितेको छ । कप्तान रोहित शर्माले टस जितेर पहिलो ब्याटिङ रोजेका हुन् ।

सेमिफाइनलका लागि दुवै टोलीले पछिल्लो खेलबाट कुनै परिवर्तन गरेका छैनन् । भारत लिग चरणका सबै ९ खेल जितेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । न्युजिल्यान्डले ९ मध्य ५ खेल जितेर अन्तिम चारको यात्रा तय गरेको हो ।
भारतका लागि ओपनरमा रोहित शर्मा र शुभमन गिल खेलिरहेका छन् । यसबाहेक टोलीमा विराट कोहली, श्रेयस ऐर, केएल राहुल, सूर्यकुमार यादव, रविन्द्र जदेजा, जसप्रित बुमराह, मोहमद शामी, कुलदिप यादव र मोहमद सिराज छन् ।
न्युजिल्यान्डको टोलीमा डेवन कंवे, रचिन रविन्द्र, केन विलियमसन, डेरील मिचेल, टम लाथम, ग्लेन फिलिप्स, मार्क च्यापमान, मिचेल सान्टनर, टिम साउथी, लकी फर्गुसन र ट्रेन्ट बोल्ट छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]