default_image

7 months ago

November 15, 2023

कोहली बने एकै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी

7033 views

0 Bookmark


एजेन्सी – भारतका शिर्षक्रमका ब्याटर विराट कोहली एकै विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध ८० रन बनाएसँगै उक्त कीर्तिमान बनाएका हुन् ।


कोहलीले जारी विश्वकपमा १० खेलमा ६ सय ८० रन बनाइ सकेका छ्न् । यश अघि एकै विश्वकपमा सचिन तेन्तुलकरले २००३ को विश्वकपमा ६ सय ७३ रन बनाएका थिए ।

अस्ट्रेलिया म्याथु हेडनले २००७ को विश्वकपमा ६५९ र रोहित शर्माले २०१९ मा ६ सय ४८ रन बनाएका थिए ।


वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ३६ ओभरमा १ विकेट गुमाउदै २ सय ६५ रन बनाएको छ । कोहली ८६ र श्रेयस ऎर ४९ रनमा खेलेका छन् ।

June 25, 2024

अफगानिस्तान टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा

एजेन्सी – बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित भएको सोमबारको खेलमा अफगानिस्तानलाई डकवर्थ लुइसका आधारमा ८ रनले हराएको हो । अफगानिस्तान सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तान र भारतसँग पराजित अष्ट्रेलिया सुपर एट चरण बाट नै बाहिरिएको हो । समूह १ मा भारत […]

June 25, 2024

भारत सेमिफाइनलमा, अष्ट्रेलियाले अफगानिस्तानको नतिजा कुर्नुपर्ने

एजेन्सी – अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ । समूह १ मा […]

June 24, 2024

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

एजेन्सी – वेस्ट इन्डिज माथि जित दर्ता गर्दै दक्षिण अफ्रिका आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा सोमबार ३ विकेटको जित निकालेको दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । डकवर्थ लुइसका आधारमा १७ ओभरमा १ सय २३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ बल […]

Success

Thank you for your time.