2 years ago
November 15, 2023
एजेन्सी – ब्याटर बाबर आजमले पाकिस्तान क्रिकेट राष्ट्रिय टोलीको कप्तानी छोड्ने घोषणा गरेका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै सबै फर्म्याटबाट कप्तान पद छोड्ने निर्णय लिएका हुन् ।

सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी गरेका बाबरले टोलीलाई सिमित ओभर क्रिकेटमा विश्व वरीयताको शीर्षस्थानमा समेत पुर्याएका थिए । तर भारतमा जारी विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएपछि उनको आलोचना भएको थियो । उनले व्यक्तिगत रुपमा भने ३० को औसतमा ९ खेलमा ३ सय २० रन जोडेका थिए ।
बाबरले कप्तानी पद छाड्ने क्रममा यस्तो लेखेका छन्, ‘मलाई सन् २०१९ मा पाकिस्तान क्रिकेट बोर्डले कप्तानको जिम्मेवारी सुम्पिएको याद छ । पछिल्लो ४ वर्षमा मैले मैदान भित्र र बाहिर धेरै उतारचढावको सामना गरेको छु । म हरेक पल पाकिस्तानको गौरव बढाउन तत्पर रहें ।’
‘पाकिस्तानलाई विश्वको नम्बर १ टोली बनाउन खेलाडी, प्रशिक्षक र व्यवस्थापक सबैको संयुक्त भूमिकाले सम्भव भएको थियो । म यो यात्रामा पाकिस्तानका क्रिकेट समर्थकलाई धन्यवाद दिन चाहन्छु ।’
‘म आज पाकिस्तानको सबै फर्म्याटबाट कप्तान पद छोडेको घोषणा गर्न चाहन्छु । यो कठिन निर्णय थियो तर यो समय सही भन्ने मेरो बुझाइ छ । म खेलाडीको भूमिकामा पाकिस्तानबाट सबै फर्म्याटमा खेल्नेछु । म अब आउने कप्तानलाई आफ्नो अनुभव र लगावले साथ दिनेछु । म पाकिस्तान क्रिकेट बोर्डलाई म प्रति देखाएको विश्वासको लागि धन्यवाद दिन चाहन्छु ।’
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]