default_image

2 years ago

November 16, 2023

नेपालले आज हङकङसँग खेल्दै

1838 views

0 Bookmark


एजेन्सी – नेपालले चार देशसम्मीलित महिला टि२० आई सिरिजमा आह हङकङसँग खेल्दै छ । खेल नेपाली समय अनुसार मध्याह्न ११: ४५ म सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। उत घरेलु टोली हङकङले जापानलाई ९ विकेटले हराएको थियो । फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।

तान्जानियाले दिएको १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अल आउट भएको थियो । नेपालको लागि सीता रानामगरले ३१ बलमा ४ छक्कासहित सर्वाधिक ४३ रन बनाएकी थिईन । अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेका थिएनन् ।

रुविना र सम्झनाले खाता खोल्न सकेका थिएनन् ।
कप्तान इन्दु बर्मा, सीता र रुविना टोलीका प्रमुख खेलाडी हुन् । यी तीन खेलाडीले जिम्मेवारी लिदै ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।

नेपालले ओपनर विन्दु रावलको स्थानमा कन्चन श्रेष्ठलाई डेब्यु दिन सक्छ । विकेटकिपर कन्चनले बागमती प्रदेशबाट घरेलु प्रतियोगितामा राम्रो गर्दै आएकी छिन् ।

नेपालले स्पिनर खुशी डंगोलको स्थानमा युवा तिव्र गतिकी बलर सोनीलाई डेब्यु दिन सक्छ । सोनिले ब्याटिङ पनि राम्रो गर्ने गर्दछिन् ।

उता हङकङ घरेलु मैदानको फाइदा उठाउन चाहन्छ । पछिल्ला ५ खेलमा समान दुईमा जित र हार छ । हङकङको लागि मारिको हिल प्रमुख ब्याटर हुन् ।

विदेशी लिगमा अनुभव बटुलेकी उनको विकेट नेपालको लागि महत्त्वपूर्ण हुनेछ । कप्तान केरि चान प्रमुख बलर हुन् । पछिल्लो खेलमा जापानविरुद्द उनले ५ विकेट लिएकी थिइन् ।

मारिको हिल, केरि चान र नताशा मिल्श प्रमुख हतियार हुन् । ब्याटिङमा मिल्स र हिलको ओपनिङ जोडिको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ ।

आजको पहिलो खेलमा तान्जानियाले जापानसँग खेलेको छ । नेपालले अन्तिम खेल शनिबार जापानसग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.