2 years ago
November 16, 2023
एजेन्सी – आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २:१५ मा इडेन गार्डेन कोलकातामा सुरु हुनेछ ।

पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले भने सानदार प्रदर्शनका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको हो ।
दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनल खेल्ने सोचमा छ । ब्याटिङ उस्को प्रमुख हतियार हो । क्विन्टन डि कक, रास्सी भान डर डुसेन, एडेन माक्ररम, हेनरिक क्लासेन र डेविड मिलर जस्ता ब्याटर टोलीमा छन् । सबैल्व जारी विश्वकपमा सानदार प्रदर्शन गर्दै आएका छन् ।
डि ककले जारी विश्वकपमा ९ खेलमा ४ शतकसहित ५ सय ९१ रन बनाएका छन् । आजको खेलमा उनको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ ।

डुसेनले २ शतकसहित ४ सय ४२ रन बनाएका छन् ।
मिलर र क्लासेनबाट राम्रो अन्त्य चाहन्छ । दक्षिण अफ्रिकाको तिव्र गतिको बलिङ आक्रमण उत्कृष्ट छ ।
जेराल्ड कोट्जी, मार्को यानसन र कागिसो रबाडा जोडि खेल्न सहज हुने छैन । स्पिनर केशव महाराजले पनि उच्च प्रदर्सन गर्दै आएका छन् ।
उता अस्ट्रेलिया लिगमा दक्षिण अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको थियो । अस्ट्रेलिया पछिल्ला चार खेलमा दक्षिण अफ्रिकासग पराजित भएको छ । चारै खेल लक्ष्य पछ्याउँदै गर्दा थियो ।

तर पछिल्लो सात खेलमा अस्ट्रेलियाले आफ्नो क्रिकेट खेलेको छ । ओपनर मिचेल मार्श, डेविड वार्नर र ग्लेन म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरेका छन् । म्याक्सवेलले अफगानिस्तानविरुद्ध २ सय १ रनको अदभूत इनिङ खेलेका थिए ।
९१-७ को अवस्थाबाट उनले एक्लै जिताएका थिए । नेदरल्यान्डविरुद्ध ४० बलमै शतक हानेका थिए । म्याक्सवेल उच्च लयमा छन् । उनी टिकेको खण्डमा एक्लै खेल जिताउन सक्छन् ।
मार्शले पछिल्लो खेलमा बंगलादेशविरुद्ध १ सय ७७ रन बनाएका थिए । वार्नरले जारी विश्वकपमा ९ खेलमा २ शतकसहित ४ सय ९९ रन बनाएका छन् ।

ट्रविस हेड, स्टिभ स्मिथ र विकेटकिपर जोश इंग्लिसबाट उत्कृष्ट प्रद्रर्शन चाहन्छ । स्मिथको प्रदर्शन मध्यक्रमा निकै महत्त्वपूर्ण हुनेछ । मार्नस लाबुसेनको स्थानमा क्यामरन गृनलाई मौका दिन सक्छ ।
स्पिनर एडम जाम्पाले जारी विश्व्कपमा ९ खेलमा २२ विकेट लिएका छन् । उनी प्रमुख हतियार हुन् । प्याट कमिन्सले जारी विश्वकपमा खासै राम्रो गर्न सकेका छैनन् । कप्तानी बलिङ गर्न आवश्यक छ । जोश हेजलवुड र मिचेल स्टार्कको जोडि पुन हाबी हुन सक्छन् ।
यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]