10 months ago
November 16, 2023
एजेन्सी – युवा विकेटकिपर कन्चन श्रेष्ठले नेपाली महिला क्रिकेट टोलीमा डेब्यु गरेकी छिन् । चार देशसम्मीलित महिला टि२० आई सिरिजमा हङकङबिरुद्द कन्चनले डेब्यु गरेकी हुन् ।
नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । दुई परिवर्तन गरेको छ । कन्चन श्रेष्ठ, रोमा थापा आज प्लेइङ ११ मा छन् । कन्चनले डेब्यु गर्दा रोमा थापाको पुनरागमन हो । नेपालले खुशी डंगोल र सोमु बिस्टलाई बेन्चमा राखेको छ ।
कन्चनले बागमतीबाट घरेलुु क्रिकेट खेल्नी गर्दछिन् । विकेटकिपर उनले ओपनिङ र मध्यक्रम दुबैमा ब्याटिङ गर्ने गर्दछिन् ।
नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। उत घरेलु टोली हङकङले जापानलाई ९ विकेटले हराएको थियो । फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।
तान्जानियाले दिएको १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अल आउट भएको थियो । नेपालको लागि सीता रानामगरले ३१ बलमा ४ छक्कासहित सर्वाधिक ४३ रन बनाएकी थिईन ।
September 10, 2024
काठमाडौं( हाम्रो खेलकुद) – अर्को बर्ष हुने आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकपको एसिया छनोट युएईमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमाटा राष्ट्रिय क्रिकेट टोलीमा फरक भूमिकामा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मंगलवार क्यानका सचिव पारस खड्काले टमाटालाई विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा हुने दुई सिरिजको लागि जिम्मेवारी दिएको बताए। क्रिकेट टोली […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ(क्यान) ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलवार बिदाइ गरेको छ । टोली आज साँझ क्यानडा तर्फ जानेछ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]