2 years ago
November 16, 2023
एजेन्सी – आइसिसी विश्वकप २०२३ को फाइनलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । भारतले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई विकेटले हरायो ।
फाइनल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ । भारत २०११ र अस्ट्रेलिया २०१५ पछी पहिली विश्वकप खेल्ने सोचमा हुनेछन् ।
भारतले २ पटक र अष्ट्रेलियाले ५ पटक उपाधी जितेका छन् । भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ र २०१५ मा विश्वकपको उपाधी जितेको थियो ।

जारी विश्वकपमा भारतले लिगका ९ खेल नै जितेको थियो । भारत अपराजित एक्लो टोली हो ।
अस्ट्रेलिया लिग चरणमा भारतसँग ६ विकेटले हारेको थियो । सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार ८ जितका साथ फाइनलमा स्थान बनाएको हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]