default_image

2 years ago

November 16, 2023

विश्वकप फाइनलमा अष्ट्रेलिया र भारत भिड्ने

2904 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप २०२३ को फाइनलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । भारतले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई विकेटले हरायो ।

फाइनल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ । भारत २०११ र अस्ट्रेलिया २०१५ पछी पहिली विश्वकप खेल्ने सोचमा हुनेछन् ।

भारतले २ पटक र अष्ट्रेलियाले ५ पटक उपाधी जितेका छन् । भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ र २०१५ मा विश्वकपको उपाधी जितेको थियो ।

जारी विश्वकपमा भारतले लिगका ९ खेल नै जितेको थियो । भारत अपराजित एक्लो टोली हो ।

अस्ट्रेलिया लिग चरणमा भारतसँग ६ विकेटले हारेको थियो । सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार ८ जितका साथ फाइनलमा स्थान बनाएको हो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.