2 years ago
November 16, 2023
एजेन्सी – पाँच पटकको विश्वकप विजेता अष्ट्रेलियाले आइसिसी विश्वकप२०२३ को दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । आठौं पटक फाइनलमा स्थान बनाएको अष्ट्रेलियाले उपाधिको लागि भारतसँग खेल्नेछ।

जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७. २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । मिचेल स्टार्क ३५ बलमा २ चौकासहित १६ र प्याट कमिन्स २९ बलमा २ चौकासहित १४ रनमा नट आउट रहे ।
अष्ट्रेलिया ओपनर ट्रविस हेडले ४८ बलमा ९ चौका र २ छक्कासहित ६२ रन बनाए । अर्का ओपनर डेविड वार्नर १८ बलमा १ चौका र ४ छक्कासहित २९ रन बनाए ।
पहिलो विकेटका लागि वार्नर र हेडले ६.१ ओभरमा ६० रनको आक्रमक सुरुवात दिलाएका थिए । वार्नर एडेन माक्ररमको बलमा बोल्ड आउट भए । हेड अर्का स्पिनर केशव महाराजको बलमा बोल्ड आउट भए ।
मिचेल मार्श रबाडाको बलमा शुन्यमा क्याच आउट भए । एक समय अष्ट्रेलिया १४ ओभरमा १०६-२ को अवस्थामा थियो । हेड बोल्ड भएपछि दक्षिण अफ्रिकाका स्पिनरले खेललाई रोचक वनाएका थिए ।

कोलकाताको स्पिनर सहयोगी टर्न पिचमा केशब महाराज र तबरेज शाम्शिले दबाब बढाएका थिए । शाम्सीको बलमा ठूलो सर्टको धुनमा ग्लेन म्याक्सवेल एक रनमा बोल्ड आउट भए ।
मार्नस लाबुसेन ३१ बलमा २ चौकासहित १८ रनमा आउट भए । स्टिभ स्मिथ ६२ वलमा २ चौकासहित ३० रनमा क्याच आउट भए ।

जोश इंग्लिस ४९ बलमा ३ चौकासहित २८ रनमा सातौं विकेटको रुपमा आउट भए । उनी कोट्जीको बलमा बोल्ड भएपछि जितको लागि २० रन चाहिदा हातमा ३ विकेट थियो ।
दक्षिण अफ्रिकाका तबरेज शम्सीले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । जेराल्ड कोट्जीले दुई विकेट लिए । कागिसो रबाडा, एडेन माक्ररम र केशव महाराजले १-१ विकेट लिए ।
त्यसअघि इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो ।

दक्षिण अफ्रिकाको लागि डेविड मिलरले १ सय १६ बलमा ८ चौका र ५ छक्कासहित १ सय १ रनको सानदार शतकीय इनिङ खेले पनि टोलिलाई जितको लागि पर्याप्त हुन सकेन । मिलर बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।
हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भएका थिए ।
एक समय २४-४ को अबस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । तर त्यसपछि पुन राम्रो साझेदारी हुन सकेन ।
मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शुन्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए ।

यस विश्वकपमा चार शतक हानेका क्विन्टन डि कक ३ रनमा क्याच आउट भए । जोश हेजलवुडको छैटौं ओभरको चौथो बलमा ठूलो शर्टको धुनमा बल हाइ जादा प्याट कमिन्सले उत्कृष्ट क्याच लिएका थिए ।
स्टार्कको ११ औं ओभरको पाँचौ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याच आउट भए । हेजलवुडको अर्को ओभरमा रास्सी भान डर डुसेन ६ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि दक्षिण अफ्रिका ११.५ ओभरमा २४-४ को दयनीय अवस्थामा पुगेको थियो ।
त्यसपछि मिलर र हेनरिक क्लासेनले १ सय १३ बलमा ९५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
स्पिनर ट्रविस हेडको ३१ औं ओभरको चौथो बलमा क्लासेन बोल्ड आउट भए । लगत्तै अर्को बलमा मार्को यानसन एलबीडब्लू आउट भए ।
जेराल्ड कोट्जी ३९ बलमा २ चौकासहित १९ रनमा क्याच आउट भए । प्याट कमिन्सको सर्ट बलमा उनी विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए । उनले मिलरसँग मिलेर सातौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।
अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए ।
अष्ट्रेलियाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । भारतले २ र अष्ट्रेलियाले ५ पटक उपाधी जितेका छन् । यी दुई टोलीबीच २००३ को विश्वकपछी फाइनल खेल्न लागेका हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]