1 year ago
November 18, 2023
एजेन्सी – भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइसिसी एकदिवसीय विश्वकपको महिमाको लागि भोलि भारतले अस्ट्रेलियासँग खेल्दैछ । क्रिकेटको विशाल इतिहास भएका र दशकौंदेखि विश्व क्रिकेटको शिखरमा रहेका यि दुई देशले विश्वकपमा अलगै छाप छाडेका छन् ।
सन् १९८३ मा कपिल देवको नेतृत्वमा भारतले पहिलो पटक विश्व कप जितेको थियो। अर्को २०११ मा मुम्बईमा महेन्द्रसिंह धोनीको नेतृत्वमा त्यहि सफलता दोहोराएको थियो । विश्व क्रिकेटमा दुई पटक मात्रै विश्वकप जित्नु लामो इतिहास भएको भारतका लागि कम उपलब्धि नै मान्न सकिन्छ । आफ्ना समर्थकहरुको नजरमा भारतीय टोली विश्व कप जित्नका लागि अति नै योग्य छ ।
अर्कोतर्फ अस्ट्रेलिया विश्वकप इतिहासकै उत्कृष्ट टोली हो । उनीहरुले सन् १९८७, १९९९, २००३, २००७, २०१५ मा गरि ५ पटक विश्वकप जितेका छन् । अष्ट्रेलिया शीर्षमा आफ्नो कीर्तिमान विस्तार गर्न चाहन्छ । भारत अहमदाबादमा १ अर्ब ३० लाख भन्दा बढी समर्थकहरूको उत्साहका लागि उपाधि घरमै राख्न चहान्छ ।
यी दुई पक्षहरू २००३ को विश्वकपको फाइनलमा भिडेका थिए जहाँ अस्ट्रेलियाले ३ सय ५९ रनको विशाल स्कोर बनाएको थियो । भारत २ सय ३४ रनमा अलआउट भएको थियो ।
हेड टु हेड
यि दुई टोलीले एकदिवसीय क्रिकेटमा जम्मा १ सय ५० पटक आमनेसामने भएका छन् । त्यसमध्य अष्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । विश्वकपमा १३ पटक आमने सामने भएका छन् । अस्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ । यो विश्वकपमा यि दुई टोलीको पहिलो खेल भारतले जितेको थियो । अष्ट्रेलिया १ सय ९९ रनमा अलआउट हुँदा भारतले सहजै लक्ष्य पछ्यायो ।
भारतको यसअघि विश्व कपमा प्रदर्शन
१९७५ः समूह चरण
१९७९ः समूह चरण
१९८३ः च्याम्पियन्स
१९८७ः सेमिफाइनल
१९९२ः राउन्ड–रोबिन चरण
१९९६ः सेमिफाइनल
१९९९ः सुपर सिक्स
२००३ः उपविजेता
२००७ः समूह चरण
२०११ः च्याम्पियन्स
२०१५ः सेमिफाइनल
२०१९ः सेमिफाइनल
अस्ट्रेलियाको यसअघि विश्व कपमा प्रदर्शन
१९७५ः उपविजेता
१९७९ः समूह चरण
१९८३ः समूह चरण
१९८७ः च्याम्पियन्स
१९९२ः राउन्ड–रोबिन चरण
१९९६ः उपविजेता
१९९९ः च्याम्पियन्स
२००३ः च्याम्पियन्स
२००७ः च्याम्पियन्स
२०११ः क्वाटरफाइनल
२०१५ः च्याम्पियन्स
२०१९ः सेमिफाइनल
फाइनल अघि कप्तानले के भने
रोहित शर्मा (भारत) – हामीलाई अपेक्षाहरू, दबाब र आलोचना थाहा छ । यो अहिलेको मात्र होइन, यो पहिलो खेल देखि हुँदै आएको छ । हामीले ड्रेसिङ रुमलाई शान्त राख्ने प्रयास गरेका छौं । मैदानमा पनि, जब हामी दबाबमा परेको अवस्था हुन्छ, हामी शान्त रहन प्रयास गर्छौं र त्यहि अनुसार प्रतिक्रिया दिन्छौं ।
प्याट कमिन्स (अष्ट्रेलिया) –भोली अहमदाबादमा समर्थन स्पष्ट रूपमा धेरै एकतर्फी हुनेछन् । तर कुनै पनि खेलमा ठूलो भिडलाई चुपचाप गराउनु भन्दा सन्तोषजनक केहि हुँदैन र भोलि हाम्रो लागि लक्ष्य त्यहि हुनेछ ।
April 21, 2025
एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्ससँगको खेलमा टस जितेको छ ।इडन गार्डेन्समा हुने खेलमा कोलकाताले टस जितेर फिल्डिङ रोजेको छ।शुभमन गिलको कप्तानीमा रहेको गुजरात शीर्ष स्थानमा र अजिन्के रहाणेको नेतृत्वमा रहेको कोलकाता सातौं स्थानमा छ।
April 20, 2025
एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ। जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो। ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। […]
April 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ७७ रनको चुनौति दिएको छ। वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्। ओपनर रचिन रविन्द्र ५ […]