2 years ago
November 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि जापानसँग खेल्दैछ ।

खेल बिहान ७: १५ मा सुरु हुनेछ । नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिएको थियो ।
अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो । त्यही जापानसँग आज खेल्दैछ ।
नेपालले दिएको १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको जापान ४६ रनमा अल आउट भएको थियो । जापानलाई सस्तैमा अल आउट गर्न स्पिनर संगिता राईले ५ विकेट लिएकी थिईन् ।
नेपालले ब्याटिङमा खराब प्रदर्शन गर्दै आएको छ । अन्तिम खेलमा आज राम्रो ब्याटिङ गर्ने अवसर छ । कप्तान इन्दु बर्मा, सीता रानामगर र रुबिना बेलबासे प्रमुख ब्याटर हुन् ।
यी तीन ब्याटरको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ । अन्य युवा खेलाडीको लागि पनि यो राम्रो अवसर हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]