default_image

6 months ago

November 19, 2023

कोहली पनि आउट, ९७ बल पछि भारतको पहिलो बाउन्ड्री

1356 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियाविरुद्ध ९७ बल पछि पहिलो बाउन्ड्री प्रहार गरेकोछ ।

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २९ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४९ रन बनाएकोछ ।

लोकेश राहुल ६७ बलमा १ चौकासहित ३७ र रबिन्द्र जडेजा मैदानमा छन् ।

प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए । उनले ६३ बलमा ४ चौका हाने । भारतलाई यो ठुलो झड्का लागेकोछ ।

भारतले पछील्लो पटक १० औं ओभरको अन्तिम बलमा चौका हानेको थियो । ग्लेन म्याक्सवेललाई श्रेयस ऎरले चौका हानेका थिए । त्यसपछि ९७ बलसम्म चौका र छक्का हान्न सकेको थिएन । म्याक्सवेलकै २७ औं ओभरको दोस्रो बलमा लोकेश राहुलले चौका हान्डै खडेरी तोडेका थिए ।

भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनी तेस्रो विकेटको पतनपछी खेलमा संघर्ष गरेको थियो ।

मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए ।

त्यसअघि तेस्रो ओभरको पहिलो बलमा एज लागेपनी विकेटकिपर जोश इंग्लिस र मिचेल मार्शको तालमेलको कमिको कारण उनी बचेका थिए ।

स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका हुन् । उनले ३१ बलमा ४ चौका र ३ छक्का हाने ।

प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भए ।

May 27, 2024

वार्म अपमा नेपाल र क्यानाडा खेल्दै

ड्यालास (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ । नेपालले पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे ) खेल सुरु हुनेछ […]

May 26, 2024

कोलकातालाई तेस्रो आइपिएल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा […]

May 26, 2024

ह्युस्टनमाथि नेपालको जित

ह्युस्टन (हाम्रो खेलकुद) – टि ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ । शनिबार जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ […]

Success

Thank you for your time.