2 years ago
November 19, 2023
एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा भारतविरुद्ध सुरुवातमा तिन विकेट गुमाएकोछ ।

जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ ओभरमा ३ विकेट गुमाउँदै ४७ रन बनाएकोछ । ट्रविस हेड १३ र मार्नस लाबुसेन मैदानमा छन् ।
ओपनर डेविड वार्नर मोहम्मद शामीको दोस्रो ओभरको पहिलो बलमै एज लागेर स्लिपमा विराट कोहलीबाट ७ रनमा क्याच आउट भए ।
मिचेल मार्श जस्पित बुमराहको पाँचौ ओभरको तेस्रो बलमा १६ रनमा क्याच आउट भए । एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए । उनले १५ बलमा १ चौका र १ छक्का हाने ।
बुमराहको सातौं ओभरको अन्तिम बलमा स्टिभ स्मिथ चार रनमा एलबीडब्लू आउट भए ।
त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो ।
भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]