default_image

2 years ago

November 21, 2023

विश्वकप २०२३ मा अष्ट्रेलियाबाट नेपालले सिक्नुपर्ने ६ प्रेरणा

6674 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया विश्वको सर्वाधिक सफल टोली हो । आइतबार राती घरेलु टोली भारतलाई ६ विकेटले हराउदै छैटौं पटक विश्वकपको उपाधि जित्न सफल भयो ।

अष्ट्रेलियाले महिला र पुरुषको गरि कुल २० विश्वकप जितेकोछ । सुरुवाती दुई खेल हारेको अष्ट्रेलियाले सानदार पुनरागमन गर्दै उपाधि जित्यो ।

भारतलाई लाखौं दर्शकको सामु स्तब्ध पार्दै उपाधि जितेको अष्ट्रेलियाबाट नेपालले थुप्रै प्रेरणा लिनसक्छ । जुन प्रेरणाले आगामी दिनमा नेपाली क्रिकेटलाई धेरै माथि पुर्याउन सक्छ । अष्ट्रेलियाबाट नेपालले सिक्नुपर्ने ६ प्रेरणा यस प्रकार छन् ।

६.खराब अवस्थामा हार नमान्नु

नेपालले अफगानिस्तानविरुद्ध खेलमा ग्लेन म्याक्सवेलले खेलेको २ सय १ रनको अदभूत इनिङबाट राम्रो पाठ सिक्नुपर्छ ।

जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया एक समय १८.३ ओभरमा ९१-७ को अवस्थामा थियो ।

सबैले अष्ट्रेलियाको हार पक्का जस्तै मानेका थिए । तर म्याक्सवेलले १ सय २८ बलमा २१ चौका र १० छक्कासहित २ सय १ रन बनाउदै जिताएका थिए ।

घाइते भएपनि उनले जिताएर फर्किएका थिए ।
आठौं विकेटका लागि प्याट कमिन्स र उनले २ सय २ रनको साझेदारी गरेका थिए । क्रिकेटमा असम्भव केही छैन भन्ने यो राम्रो उदाहरण हो ।

कहिले काहीँ टोलीको सुरुवात खराब हुनसक्छ । तर
जस्तोसुकै खराव अवस्थामा पनि हार खानु हुँदैन भन्ने राम्रो सन्देश हो ।

अर्कोतर्फ प्रमुख खेलाडीलाई बलर वा तल्लोक्रमका ब्याटरले साथ दिनुपर्छ । विकेट गुमाएर राम्रो खेल्नेलाई झन दबाबमा हाल्नु हुँदैन भन्ने राम्रो पाठ कमिन्सले सिकाएका छन् ।

५. विपक्षी मैदान र दर्शकलाई ध्यान नदिनु

क्रिकेटमा मैदान र दर्शकलाई १२ औं खेलाडी मानिन्छ । तर सधैं घरेलु मैदानमा खेल्न पाइदैन । विपक्षीको मैदान र हजारौं दर्शक सामु पनि राम्रो खेल्नुपर्छ । नेपालले देश बाहिर खासै राम्रो गर्न सकेको छैन ।

अष्ट्रेलियाले नरेन्द्र मोदि स्टेडियममा भारतीय १ लाख १० हजार दर्शकलाई पुरै खेलभर शान्त राख्यो । खेलाडीको काम राम्रो खेल्ने हो । विपक्षी दर्शकलाई शान्त राख्न आफुले सानदार क्रिकेट खेल्नुपर्छ ।

४.सुरुवातमा ध्यान नदिनु

क्रिकेटमा खेल होस् वा प्रतियोगिता सुरुवात भन्दा अन्त्य महत्त्वपूर्ण हुन्छ । अष्ट्रेलियाले सुरुवाती दुबै खेलमा दक्षिण अफ्रिका र भारतसँग हारेको थियो ।

तर पनि त्यो खराब सुरुवातले आफ्नो बाँकी प्रदर्शनमा असर पर्न दिएन । त्यसपछि लगातार ९ जितले उपाधी जित्यो ।

अफगानिस्तानविरुद्ध ९१-७ र भारतसँग फाइनलमा ४७-३ को अवस्थाबाट जितेको थियो । सुरुवात भन्दा पनि अन्त्य कति महत्त्वपूर्ण हुन्छ यो राम्रो उदाहरण हो ।

३ देशलाई पहिलो प्राथमिकतामा राख्नु

खेलाडीको लागि देश भन्दा ठुलो कुरा अरु हुँदैन । त्यसैले आफ्नो व्यक्तिगत सबै लोभ त्यागेर देशको लागि तयारी गर्नुपर्छ ।

आइपिएलमा करोडको वर्षा हुँदै आएका प्याट कमिन्सले २०२३ आइपिएल नखेल्ने निर्णय लिए । त्यस्तै स्टिभ स्मिथ र जोश हेजलवुडले पनि नखेल्ने जनाएका थिए ।

२०१५ देखि मिचेल स्टार्कले आइपिएल खेलेका छैनन् । अष्ट्रेलियालाई विश्वकप उपाधि जिताउन कमिन्स, स्टार्क र हेजलवुडको बलिङ निकै महत्त्वपूर्ण रह्यो ।

स्मिथले पनि अपेक्षा अनुसान नखेलेपनी राम्रो योगदान दिए । नेपाली खेलाडीले पनि सधैं देशलाई पहिलो प्राथमिकता सोच राख्नुपर्छ ।

. बिग म्याच प्लेयर बनाउनु

कुनैपनि टोली च्याम्पियन बन्न सुपरस्टार खेलाडी भएर मात्रै हुँदैन । बिग म्याच प्लेयर पनि हुनुपर्छ । भारतले विश्वकपमा सानदार खेल्यो ।

तर उपाधि जित्न सकेन । टोलीमा रोहित शर्मा, विराट कोहली लोकेश राहुल जस्ता ब्याटर रहेपनि फाइनलमा रन बनाउन संघर्ष गर्यो ।

प्रतियोगिता जित्न स्टार खेलाडीले मात्रै हुँदैन बिग म्याच प्लेयर चाहिन्छ भन्ने अष्ट्रेलियाले राम्रो सन्देश दियो ।

ट्रविस हेड, कमिन्स, स्टार्क, वार्नर, स्मिथ, म्याक्सवेल र मार्श लगायत खेलाडी बिग म्याच प्लेयर थिए । त्यसैको कारण च्याम्पियन बन्यो ।

१. आफ्नो टिम, रणनीति र क्षमतामा सधैं विश्वास राख्नु

एउटा लक्ष्य लिएर हिँडेपछि त्यो पूरा नहुन सम्म बाहिरी आलोचनामा ध्यान दिनु हुँदैन । आफ्नो टिम र रणनीतिमा विश्वास राख्नुपर्छ ।

अष्ट्रेलियाले पुरै विश्वकप चार प्रमुख बलरका साथ खेल्यो । पाँचौं बलरको रुपमा म्याक्सवेललाई प्रयोग गरेको थियो । भारतीय कन्डीसनमा दुई स्पिनर टोलीमा नराखेको भन्दै आलोचना खेपेको थियो ।

तर त्यता ध्यान दिएन । चार प्रमुख बलरका साथ नै च्याम्पियन बन्यो । एक अतिरिक्त ब्याटर खेलाउन पाएको थियो ।

सुरुवाती हार र प्रदर्शनले कमिन्सको चर्को आलोचना भयो । कमिन्सलाई प्लेइङ-११ मा राख्न नहुने आवाज समेत उठेको थियो । तर फाइनलमा कमिन्सको कप्तानी र प्रदर्शन जितको मुख्य कारण थियो ।

अष्ट्रेलियाले मार्नस लाबुसेन र स्टिभ स्मिथ मध्य एकलाई खेलाउनु पर्ने माग लगातार उठेको थियो । मार्नसको स्थानमा मार्कस स्टोइनिसलाई मौका दिनुपर्ने माग थियो ।

फाइनलमा मार्नस लाबुसेनले एक उत्कृष्ट इनिङ खेले । एक समय ४७-३ को अवस्थाबाट चौथो विकेटका लागि १ सय ९२ रनको साझेदारी गरेका थिए ।

उनले १ सय १० बलमा ४ चौकासहित ५८ रन बनाएका थिए । उनले कुनैपनि समय भारतीय स्पिनरलाई हाबी हुन दिएनन् । साथै हेडलाई खुलेर खेल्ने वातावरण बनाए ।

कमिन्सले फाइनलमा टस जितेर पहिला फिल्डिङ गर्दा पनि धेरै आश्चर्यमा परेका थिए । सुरुवाती दुई हारपछि त्यतैनै आलोचना खेपेका थिए ।

तर बाहिरी आलोचनालाई कहिल्यै ध्यान दिएनन् । आफ्नो टिम, खेलाडी, क्षमता र रणनीतिमा विश्वास राख्नुपर्छ । अनि मात्रै नतिजा आउँछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.