default_image

2 years ago

November 21, 2023

भारतले विश्वकप र आइसिसीको प्रतियोगिता जित्न नसक्नुको प्रमुख पाँच कारण

6680 views

0 Bookmark

एजेन्सी – भारत विश्व क्रिकेटको पावर हाउस हो । मैदानभित्र निकै प्रभावशाली भारतीय क्रिकेटको मैदानबाहिर पनि उत्तिकै रवाफ रहँदै आएको छ विश्वकप र आइसिसीका अन्य प्रतियोगितामा राम्रो गर्दै आएको भारतले उपाधि भने जित्न सकेको छैन ।

पछिल्लो दुई दशक यता भारत अधिकांश प्रतियोगिताको निर्णायक मोड अर्थात सेमिफाइनल र फाइनलमा रोकिँदै आएको छ । यसपटक घरेलु मैदानमा भएको आइसिसी विश्वकप २०२३ को लिग चरणमा सानदार प्रदर्शन गरेपनि फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले पराजित भयो ।

लगातार १० खेलमा अपराजित हुँदै फाइनल खेलेपनि भारत एक हारको कारण च्याम्पियन बन्यो । भारतले लगातार विश्वकप र आइसिसीको प्रतियोगिता जित्न नसक्नुको प्रमुख पाँच कारणहरु यसप्रकार छन् ।

५. ट्रफीको दबाब र नकआउटमा खराब प्रदर्शन

भारतलाई हरेक प्रतियोगितामा ट्रफी जित्ने दबाब हुन्छ । त्यहीँ दबाबको कारण खेलाडीको नक आउट खेलमा राम्रो गर्न सकेका छैनन् ।

भारतले सन् २००० यता सिरिज, विश्वकपको समुह चरण, लिग वा सुपर १२ मा लगातार उत्कृष्ट क्रिकेट खेलेको छ । सन् २००७ को एकदिवसीय र २०२१ को विश्वकपमा भने टोली पहिलो चरणबाट नै बाहिरिएको थियो ।

सन् २०१५ र २०१९ को विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । टि२० विश्वकप २०१४ मा फाइनल तथा २०१६ र २०२२ मा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै टेस्ट च्याम्पियनसीप २०२१ र २०२३ को पनि फाइनलमा हारेको थियो ।

सन् २०१७ मा पाकिस्तानसँग च्याम्पियन ट्रफीको फाइनलमा हारेको थियो । भारतले पुरै प्रतियोगितामा राम्रो खेलेपनि सेमिफाइनल वा फाइनलमा चुक्दै आएकोछ । त्यसको मुख्य कारण ट्रफी जित्नै पर्ने दबाब हुनु हो ।

अन्य देशका खेलाडीमा त्यो दबाब कम हुन्छ । त्यसैले नकआउटमा खुलेर खेल्न सक्छन् । खेलाडी दबाबमा खेल्दा प्रदर्शन गर्ने सम्भावना पनि कम हुन्छ ।

४. मिडिया र पुर्व क्रिकेटरहरुको अतिरिक्त दबाब

भारतले उपाधि जित्न नसक्नुको अर्को मुख्य कारण मैदानबाहिरको दबाब हो । भारतीय मिडिया, समर्थक, पुर्व क्रिकेटर र विश्लेषकहरुको दबाबले पनि टोलीमा असर पर्छ । भारतले सिरिज वा लिगका खेलमा राम्रो गर्दा विश्वकप जिते जसरी प्रशंसा हुन्छ । एउटा खेल हार्दा विश्वकप हारे जस्तै आलोचना गर्ने गर्दछन् ।

मिडिया र पुर्व क्रिकेटरहरुले आफ्नो टिमलाई कसैले हराउन नसक्ने जस्तै प्रशंसा गरेका हुनेछन् । जसले भारतले आफ्नो कमजोरी सुधार गर्न पाउदैनन् । एक्कासी प्रमुख खेलमा त्यहिँ कमजोरी घातक बन्छ ।

भारतले यस विश्वकपमा शिर्षक्रम वा मध्यक्रम नचले के गर्ने योजना कहिल्यै बनाएन । त्यही कारण फाइनलमा मध्यक्रम र तल्लोक्रम नचल्दा भारी पर्यो ।

पछिल्लो समय यो समस्य पाकिस्तानमा पनि देखिन थालेको छ । त्यैसले पाकिस्तानले ठुला प्रतियोगितामा राम्रो गर्न सकेको छैन ।

अष्ट्रेलिया, न्युजिल्यान्ड र इंग्ल्यान्डका मिडिया र पुर्व क्रिकेटरले उपाधि नजित्दासम्म कुनै दबाब खेलाडीमा बढाउदैनन् । खराब प्रदर्शनमा पनि शान्त रहन्छन् । राम्रो गर्दा पनि खासै खेलाडीलाई उचाल्दैनन् । जसले गर्दा खेलाडी राम्रो गर्दा पनि मातिदैन । झन् राम्रो गर्ने गर्दछन् ।

अर्कोतर्फ भारतसँग खेलाडीहरु धेरै छन् । धेरै हुँदा छनोटमा प्रमुख प्रतियोगितामा केही म्याच विनर छुटेका हुनेछन् । पछिल्लो समय प्रमुख लेग स्पिनर युजभेन्द्र चहललाई विश्वकपबाट बाहिर राख्दै आएकोछ । चहल एक उदाहरण मात्रै हुन् ।

३. प्रमुख खेलाडीले घरेलु क्रिकेट नखेल्नु

भारतका प्रमुख खेलाडीले घरेलु क्रिकेट रणजी ट्रफी, विजय हजारे, शैद मुश्ताक अलि ट्रफी लयायतमा प्रमुख घरेलु प्रतियोगिता खेल्दैनन् । आइपिएल बाहेक अन्य प्रतियोगिता कमै खेलाडीले खेल्छ्न् ।

कोहली, रोहित शर्मा, बुमराह लयायतका प्रमुख खेलाडीले घरेलु क्रिकेट नखेलेको धेरै समय भएको छ । घरेलु क्रिकेट नखेल्दा दुई ठुला असर पर्छन् ।

पहिलो युवा खेलाडी राम्रोसँग तयार हुदैनन् । कोहलीसँग कुनै युवा क्रिकेटरले खेल्ने मौका पाएमा धेरै सिक्न पाउँछ । बिस्तारै आफ्नो खेल सुधार गर्दै जान्छ ।

अर्कोतर्फ खेलाडीले आफ्नो सबै सट र बल प्रयोग गर्ने घरेलु क्रिकेट सबैभन्दा उत्कृष्ट थलो हो । घरेलु क्रिकेट खेल्दा उच्च लय र मनोबल दुवै परिवर्तन हुन सक्छ । युवा खेलाडी पनि राम्रोसँग तयार हुन्छन् ।

दबाबमा खेल्ने बानीको विकास हुन्छ । भारत बाहेक अन्य सबै देशका खेलाडीले अन्तराष्ट्रिय खेल नहुँदा घरेलु क्रिकेट खेल्छन् । जस्ले आफ्नो प्रदर्शन, आत्माविश्वास साथै युवा खेलाडी विकाशमा राम्रो योगदान दिएका हुन्छन् ।

२. बिसिसीआईलाई धन र आइपिएलको घमण्ड

भारतिय क्रिकेट बोर्ड (बिसिसिआई) विश्वको सर्वाधिक धनी क्रिकेट बोर्ड हो । आइपिएलको कारण बोर्ड निकै धनी बनेको छ । त्यही आइपिएल उपाधि जित्न नसक्नुको एक कारण पनि बन्दै आएको छ ।

बिसिसिआईले आफ्ना खेलाडीलाई अन्य देशमा गएर विदेशी सिमित ओभर क्रिकेट लिग खेल्न दिदैन । आइपिएलमा आफ्नो महत्व घट्ने डरले त्यो प्रतिबन्ध लगाउदै आएको छ ।

त्यसैको कारण भारतबाहिर भारतिय खेलाडी राम्रो गर्न संघर्ष गर्दै आएका छन् । फरक कन्डिसन, टोली, दबाब र फरक प्रशिक्षकसँग सिक्न पाएका छैनन् । जसले प्रदर्शनमा असर पर्दै आएकोछ ।

इंग्ल्यान्ड, अष्ट्रेलिया र न्युजिल्यान्डका लगायत अन्य सबै देशका खेलाडी विश्वभर गएर खेल्दै आएका छन् । जसले गर्दा विश्वभरको कन्डिसन, फरक कप्तानी र प्रशिक्षण अनुभव बटुल्दै आएका छन् । जसले गर्दा राम्रो गर्न सहज भएको छ ।

केही महिना अघि भारतलाई सन् १९८३ मा पहिलो विश्वकप उपाधि जिताउने कप्तान कपिल देवले आइपिएलको कारण खेलाडीमा घमण्ड बढ्दा आफू बाहेक जान्ने कोहि नभएको सोचले पनि बिग्रेको बताएका थिए ।

१. बिग म्याच प्लेयरको अभाव

भारत च्याम्पियन बन्न नसक्नुको मुख्य कारण बिग म्याच प्लेयर (अर्थात सेमिफाइनल र फाइनल) मा राम्रो गर्ने खेलाडी नहुनु हो । भारतीय खेलाडीले लिग वा समूह चरणमा सधैं सानदार प्रदर्शन गर्दै आएका छन् ।

तर सेमिफाइनल वा फाइनलमा भने कहिले ब्याटिङ होस् वा बलिङमा खराब खेल्दै बाहिरिनु परेकोछ । पुरै प्रतियोगितामा राम्रो खेलेपनि एक हार नै भारी परेकोछ ।

सुपरस्टार खेलाडी निर्णायक खेलमा चुक्दै आएका छन् । कोहली, रोहित र बुमराह प्रमुख सुपरस्टार हुन् । तर बिग म्याचमा चुकेका छन् । इंग्ल्यान्डका बेन स्टोक्स, अष्ट्रेलिया मिचेल स्टार्क र ट्रविस हेड पछिल्लो समयका बिग म्याच प्लेयरका राम्रो उदाहरण हुन् ।

भारतले महेन्द्र सिंह धोनी र युवराज सिंहपछि बिग म्याच प्लेयर पाउन सकेको छैन । बिग म्याच नहुदा लगातार अन्तिममा हार्दै आएको छ । बिग म्याच प्लेयर पाएमा विश्व क्रिकेटमा भारतले राज गर्न सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.