default_image

7 months ago

November 21, 2023

यु-१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सर्यो

2706 views

0 Bookmark

एजेन्सी – नेपालले खेल्ने यू१९ विश्वकप २०२४ दक्षिण अफ्रिकामा हुने भएको छ । यस अघि उक्त यु१९ विश्वकप श्रीलंकामा हुने तालिका थियो ।

आइसिसीले श्रीलंका क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाएपछि दक्षिण अफ्रिकामा सर्ने भएको हो । आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने भएको छ ।

यु१९ विश्वकप २०२४ जनवरी १३ देखी ४ फेब्रुअरी सम्म श्रीलंका चल्नेछ । नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड समूह डी मा छन् ।

समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । समूह सी मा अष्ट्रेलिया, आयोजक श्रीलंका, जिम्बावे र नामिबिया छन् ।

क्षेत्रिय छनोटबाट नेपाल, अमेरिका, स्कटल्यान्ड, न्युजिल्यान्ड र नामिबिया आएका थिए । आयोजक श्रीलंकासँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज र जिम्बावेले सोझै विश्वकपमा पुगेका थिए । नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईलाई ७ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

June 12, 2024

महिला एशिया कपको दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २०-सदस्सीय टोली घोषणा गरेको छ । क्यानले इन्दु वर्माको कप्तानीमा २० जनालाई समेट्दै दोस्रो चरणका लागि बुधबार नेपाली टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणका लागि सुरुवाती चरणमा परेका ८ खेलाडी टोलीबाट बाहिरिएका छन् । सुरुवातमा टोलीमा अटाएका […]

June 12, 2024

‘श्रीलंकाविरुद्ध खेलेर अंक जोड्न चाहन्थ्यौं’ – प्रशिक्षक देशाइ

फ्लोरिडा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाइले आइसीसी टि२० विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेलेर नै अंक जोड्न चाहेको बताएका छन् । फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले १-१ अंक बाँडे । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देशाइले खेलेर नै अंक जोड्ने […]

June 12, 2024

अष्ट्रेलिया सुपर ८ मा प्रवेश

एजेन्सी – उपाधि दावेदार अष्ट्रेलिया आइसीसी टि२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गर्दै सुपर ८ मा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा नामिबियामाथि ९ विकेटको एकपक्षीय जित निकाल्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो । नामिबियाले प्रस्तुत गरेको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले छैटौं ओभरमा पूरा गर्यो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले ८ […]

Success

Thank you for your time.