default_image

2 years ago

November 24, 2023

चहलले लिए ६ विकेट, अग्रवालको सानदार शतक

8379 views

0 Bookmark


एजेन्सी – भारतीय स्पिनर युजबेन्द्र चहलले भारतको लिस्ट ए मान्यता प्राप्त एकदीवसिय प्रतियोगिता विजय हजारे ट्रफीमा एकै खेलमा ६ विकेट लिएका छन् ।

पछिल्लो समय भारतीय टोली बाहिर रहेका उनले उत्तरखण्डलाई ६ विकेटले हराउन हरियाणाबाट ६ विकेट लिएका हुन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको उत्तरखण्ड ४७.४ ओभरमा २ सय ७ रनमा अल आउट भयो । उत्तर खण्डका आदित्य तारेले ६८ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए ।

हरियाणाका युजवेन्द्र चहलले १० ओभरमा २ मेडनसहित २२ रन खर्चेर ६ विकेट लिए ।

जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको हरियाणाले ४५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । हरियाणाका युवराज सिँहले ७८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।

उता अर्को खेलमा मयंक अग्रवालले कर्नाटकाबाट झारखण्डविरुद्ध १ सय ५७ रनको सानदार शतकीय इनिङ खेले ।

टस जितेर पहिला ब्याटिङ रोजेको कर्नाटकाले ५० ओभरमा २ विकेट गुमाउँदै ४ सय २ रन बनाएको थियो ।
कप्तान समेत रहेका अग्रवालले १ सय ३३ बलमा ११ चौका र ८ छक्कासहित १ सय ५७ रनको कप्तानी इनिङ खेलेका थिए । अर्का ओपनर रविकुमार सामर्थले १ सय २३ र देवदत्त पाडिक्कलले ७१ रन बनाए ।

जितको लागि ४ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको झारखण्ड ३०.४ ओभरमा १ सय ८० रनमा अल आउट भयो ।

झारखण्डका युद्दवीर सिँहले ३९ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ६४ रन बनाए । कर्नाटकाका विजय कुमार विश्यकले सर्वाधिक चार विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.