1 year ago
November 24, 2023
काठमाडौँ ( हाम्रो खेलकुद ) – घरेलु टोली गण्डकीले केपी ओली टि२० कपमा नेपाली क्रिकेट टोलीबाट खेलेका ७ खेलाडी सम्मिलित नेपाल एपीएफ क्लबमाथि ४ विकेटको जित हात पारेकोछ ।
जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा मुस्कान थापाले २३ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाए ।
दिनेश बुढामगरले ३३ बलमा २ चौका र १ छ क्कासहित २५, गौरव विक र अभिषेक थापाले ११ – ११ रन बनाए । विजयी छक्का हानेका अमृता गुरुङ , रनमा नट आउट रहे ।
एपीएफका अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । इर्शद अहमद, अमर रौटेला र अरुण ऎरिले १-१ विकेट लिए ।
त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ १८.४ ओभरमा १ सय १ रनमा अल आउट भएको थियो ।
एपीएफका कप्तान प्रदीप ऎरि २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २० रन बनाएका थिए । आसिफ शेख १२, सन्दिप जोरा डक, लोकेश बम १२, भुवन कार्की र सुमित महर्जन १४-१४ रनमा आउट भए । अरुण ऎरि र अमर रौटेलाले ५-५ रन वनाए ।
गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, चन्द्रकान्त पौडेल र कमल परियारले २-२ विकेट लिए । दिनेश बुढामगर र सुदिप अर्यालले १-१ विकेट लिए ।
समूह बि मा रहेको गन्डकीले आइतबार लुम्बिनीसग खेल्नेछ । उक्त खेलमा विजयी भएमा गण्डकी सेमिफाइनल खेल्नेछ ।
अन्यथा नेटरनरेटमा भर पर्नेछ । समूह ए बाट बागमती सेमिफाइनलमा पुगि सकेकोछ । समूह सि मा नेपाल पुलिस क्लब, मदेश र सुदुरपश्चिम प्रदेश छन् । समूह डि मा आर्मी, कोशी र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् ।
बागमतीले सेमिफाइनलमा समुह डि को विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह बि र सि का विजेता खेल्नेछन् ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]