default_image

8 months ago

November 24, 2023

गुलशनले नेपालको यु-१९ टोलीबाट खेल्ने

14707 views

0 Bookmark


काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली सिनियर टोलीका युवा अलराउन्डर गुलशन झाले नेपालको यु१९ टोलीबाट खेल्ने भएका छन् ।

यु-१९ टोलीले टियु मैदानमा एसिया कपको लागि प्रशिक्षण गरि राखेको छ । गुलशन पनि यु१९ टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् ।

यु१९ टोलीका मुख्य प्रशिक्षण जगत टमाटाले उनी खेल्ने हाम्रो खेलकुदलाई बताए ।

‘गुलशन यु१९ प्रशिक्षणमा जोडिएका छन् । यु१९ एसिया कप हुँदै यु१९ विश्वकप खेल्ने यो राम्रो सेटअप  हो । यदि अब नेपालको अचानक कुनै खेल नपरे उनी यु१९ प्रतियोगिता खेल्छन्’, टमाटाले हाम्रो खेलकुदसँग भने ।

यु१९ ले नेपालको सिनियर टोलीसँग तीन अभ्यास खेल खेलेकोछ । यु१९ टोलीको प्रशिक्षणमा २६ खेलाडी छन् । यु१९ का खेलाडीले भने पोखरामा जारी केपी ओली कप खेल्ने छैनन् ।

गुलशन टोलीमा फर्किदा नेपाली यु-१९ टोली मजबुत बन्नेछ । गुलशनले २०२१ मा नेपालबाट यु१९ एसिया कप खेलेका थिए ।

गत वर्ष आइसिसी यु१९ विश्वकप एसिया छेत्र छनोटको लागि सुरुमा गुलशनलाई कप्तान बनाइएको थियो । तर सिनियर टोलीको कारण उनी यु१९ खेलेका थिएनन् ।

गुलशनले २४ ओडिआई र १४ टि२० आई खेल खेलेका छन् ।

गुलशनले तल्लोक्रममा राम्रो ब्याटिङका साथै तिव्र गतिमा बलिङ गर्ने गर्दछन् । बायाँ हाते ब्याटर हुँदा उनले तेस्रो नम्बरमा पनि खेल्दै आएका छन् । तल्लोक्रमा उनले ठुलो सर्टको क्षमता राख्छन् । पछिल्लो एक वर्षमा नियमित नेपाली टोलीबाट राम्रो गर्दै आएका छन् ।

जसको कारण यु१९ टोलीले ठुलो अपेक्षा उनिबाट गर्नेछ । आइसिसी विश्वकप लिग २, विश्वकप छनोट, एसिसी पृमियर कप, एसिया कप, एसिसी इमर्जिङ टिम्स एसिया कप र आइसिसी टि२० विश्वकप एसिया छेत्र छनोट जस्ता प्रतियोगिता खेलेका छन् ।

उनले भारत, पाकिस्तान, जिम्बाबे, वेस्ट इन्डिज, आयरल्यान्ड लगायतका टेस्ट टोलीविरुद्ध खेलेका छन् ।

यु१९ एसिया कप र विश्वकप दुबैमा नेपालले बलिया टोलीसँग खेल्नेछ । गुलशन र देव खनालसँग सिनियर टोलीको अनुभव हुँदा नेपालले ठुलो अपेक्षा राख्नेछ । पछिल्लो एक वर्षमा देवले यु१९ मा तीन शतक हानी सकेका छन् ।

यू१९ एसिया कप ८ देखी १८ डिसेम्बरसम्म युएईमा हुनेछ । समूह ए मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।

नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग आइसिसी एकेडेमी ओभल २ मा खेल्नेछ । नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्नेछ ।

नेपालले समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ । सेमिफाइनल १५ डिसेम्बरमा हुनेछ । फाइनल १७ डिसेम्बरमा हुनेछ ।

उता यु१९ विश्वकप २०२४ जनवरी १३ देखी ४ फेब्रुअरी सम्म श्रीलंका चल्नेछ । नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड समूह डी मा छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.