2 years ago
November 25, 2023
एजेन्सी – गुजरात टाइटन्सका कप्तान हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ मा मुम्बई इन्डियन्समा फर्किने भएका छन् ।

खेलाडी ट्रेड ( किनबेच ) मार्फत उनी मुम्बई फर्किने भएका छन् ।
भारतीय संचार माध्यमका अनुसार उनी १५ करोड भारुमा मुम्बई फर्किने भएका छन् । मुम्बईले २०२२ को मेघा अक्सनमा सबैलाई सरप्राइज दिदै हार्दिकलाई टोलीबाट फुकुवा गरेको थियो ।
हार्दिकलाई २०१५ को अक्सनमा मुम्बईले १० लाख भारुमा अक्सनमा किनेको थियो ।
मुम्बईले २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जित्दा उनी टोलीका प्रमुख अलराउन्डर थिए । २०२२ मा गुजारातको डेब्यु सिजनमै हार्दिकले कप्तानी गर्दै टोलीलाई च्याम्पियन बनाएका थिए ।

गुजरातमा हार्दिकले छाड्दा केन विलियम्सले कप्तानी गर्ने सम्भावनाछ । उता हार्दिक टोलीमा फर्किदा रोहित शर्मा मुम्बई हार्दिकले कप्तानी गर्ने सम्भावना रहन्छ ।
हार्दिकले कप्तानी गर्दै पछिल्लो दुई सिजनमा गुजरातबाट ८ सय ३३ रन बनाउनुको साथै ११ विकेट लिएका छन् ।
हार्दिक ट्रेड हुने तेस्रो कप्तान हुन् । यसअघि २०२० मा रविचन्द्रन आश्विन पन्जाव किँग्सबाट दिल्ली क्यापिटल्स तथा राजस्थान रोयल्सबाट अजिंक्या रहाणे दिल्लीमा पुगेका थिए ।
हार्दिकले छाडेपछि मुम्बईको प्रदर्शन राम्रो हुन सकेको छैन । हार्दिक फर्किदा गत वर्ष अक्सनमा १७ करोड ५० लाख भारुमा किनेका अष्ट्रेलिया अलराउन्डर क्यामरन गृनलाई मुम्बईले टोलीबाट फुकुवा गर्ने उच्च सम्भावना छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]