2 years ago
November 26, 2023
एजेन्सी – टेस्ट टोली जिम्बाबे आइसिसी टि२० विश्वकप अफ्रिका छनोटमा युगान्डासँग ५ विकेटले पराजित भएकोछ । पहिलो खेलमा नामिबियासँग पराजित भएको जिम्बाबेको विश्वकप छनोट सम्भावना केही कठिन पनि बनेको छ ।
जितको लागि १ सय ३७ रनको विजयी लक्ष्य पछयाएको युगान्डाले १९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युगान्डाको जितमा अलि शाहले २८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । अल्पेश रामजानीले २६ बलमा ४ चौका र २ छक्कासहित ४० रन बनाए ।
जिम्बाबेका रिचर्ड नग्वारावाले २ र सन विलियम्सले १ विकेट लिए ।
त्यसअघि युनाइटेड क्रिकेट क्लब विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बाबेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो ।
जिम्बाबेका सिकन्दर राजाले ३९ बलमा २ चौका र ४ छक्कासहित ४८ रन बनाए । ओपनर इनोसेन्ट कैया २३, रयान बर्ल १३ र सन विलियम्सले २१ रन जोडे ।
युगान्डाका दिनेश नाकरानीले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । स्सेन्योन्दोले दुई विकेट लिए ।
प्रतियोगितामा ७ टोली छन् । शिर्ष दुई टोलीले २०२४ मा हुने विश्वकप खेल्न पाउनेछन् । केन्या ३ खेलमा ६ अंकका साथ शिर्ष स्थानमा छ । नामिबिया २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । युगान्डा ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । जिम्बाबे ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ ।
June 18, 2025
एजेन्सी – अस्ट्रेलियाको बिग बास लिग(बिबिएल) को ड्राफ्टमा नेपालका ६ क्रिकेटर अटाएका छन् । बिबिएलको १५औं संस्करणमा नेपालका ६ खेलाडी समावेश भएका बिबिएलले जनाएको छ । यस संस्करणको बिबिएल ड्राफ्ट बिहिबार हुनेछ । बिबिएल ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका छन् । नेपालबाट सन्दीपले मात्र बिबिएल […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो । स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ । नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले […]